मन्त्रालय र सभामुखमा दाबी गर्दै असन्तुष्ट नेकपा सांसदले भेटे प्रचण्ड

मन्त्रालय र सभामुखमा दाबी गर्दै असन्तुष्ट नेकपा सांसदले भेटे प्रचण्ड

९ भदौ, काठमाडौं — बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । भेटमा उनीहरूले सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड, सरकार सञ्चालन र सरकारको स्थायित्वबारे छलफल गरेका छन् । नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहित ८ जना सांसदले प्रचण्डसँग भेट गरेका हुन् । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता साझेदारी गरेर सरकार गठन गर्नुपर्ने अवस्था किन आयो, सरकार कसरी सञ्चालन गर्ने र त्यसको स्थायित्व कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्रश्न उठाएका थिए । प्रचण्डसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै उपनेता खनालले विगतमा सत्ता खेलमा लागेर…
Read More
बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

९ भदौ, काठमाडौं — काठमाडौंको बानेश्वरमा एक पुरुषले ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेका छन् । मंगलबार बिहान बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजिरहेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसक्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् । महिला प्रहरी जवानले बाटो काट्न रोक्दै आकाशे पुल प्रयोग गर्न आग्रह गरेपछि कठायतले उनीमाथि हातपात गरेको…
Read More
लघुवित्त पीडितसँग सरकारको सम्झौता, प्रसाईंले बैंक ऋणीका माग पनि घुसाए

लघुवित्त पीडितसँग सरकारको सम्झौता, प्रसाईंले बैंक ऋणीका माग पनि घुसाए

९ भदौ, काठमाडौं — सरकारले साउन र भदौमा तीन छुट्टाछुट्टै लघुवित्त पीडित समूहसँग सम्झौता गरेको छ । आमरण अनशन, धर्नालगायतका आन्दोलन गरेपछि सरकारले तीनै समूहसँग छुट्टाछुट्टै सम्झौता गरेको हो । सरकारले साउन १५, साउन २८ र भदौ ६ गते लघुवित्त पीडितसँग सम्झौता गरेको छ । पीडितले कर्जा मिनाहलाई मुख्य माग बनाए पनि सरकारले त्यस विषयमा अध्ययन गरी उपयुक्त र कार्यान्वयन गर्न सकिने विकल्प अघि बढाउने सहमति गरेको छ । त्यसैगरी कर्जा पुनर्तालिकीकरण, कालोसूची, धितो लिलामी र ऋणी पुनर्स्थापनालगायत विषयमा पनि सरकारले तीनै समूहलाई समान प्रकृतिको समाधानको आश्वासन दिएको छ । तर, तीन समूहमा दुर्गा प्रसाईं समर्थित समूहले भने सरकारसँगको सम्झौतामा…
Read More