निर्वाचन नजिकिँदै गर्दा सरकारको स्पष्ट सन्देश: सबै उल्झन हटाइन्छ

Advertisement

११ पुस, काठमाडौं — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सरकारले सबै प्रकारका अवरोध र जटिलता हटाउने प्रतिबद्धता जनाएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुस्थित निवासमा करिब दुई घण्टा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचन अनुकूल वातावरण निर्माण गर्न सरकार सक्रिय रूपमा अघि बढ्ने स्पष्ट पारे।

निर्वाचनको मिति नजिकिँदै गर्दा पनि सरकारले आफ्नो दायरा नछोडेको भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्तिबारे सञ्चारकर्मीले प्रश्न गर्दा, त्यसको जवाफ दिँदै प्रवक्ता खरेलले निर्वाचनलाई उत्सव र महायज्ञको संज्ञा दिए।

उनले भने, “निर्वाचन एउटा महोत्सव हो, महायज्ञ हो। यस लक्ष्यतर्फ अघि बढ्दा केही चुनौती र अवरोध देखिएका छन्। ती सहज बनाउँदै निर्वाचनको गन्तव्यसम्म पुग्ने वातावरण सरकार स्वयंले निर्माण गर्छ र त्यस दिशामा अघि बढ्छ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्य...
एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना, आजदेखि तेस्रो संस्करण सुरु

एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना, आजदेखि तेस्रो संस्करण सुरु

९ कात्तिक, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना ...
सर्बियामा विद्यार्थी आन्दोलनको जित, बुचिचको १४ वर्षे शासन अन्त्य

सर्बियामा विद्यार्थी आन्दोलनको जित, बुचिचको १४ वर्षे शासन अन्त्य

९ कात्तिक, काठमाडौं — सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्वराष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन अन्त्य भएको छ। संसदीय न...
सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...