पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु

Advertisement

२८ असार, काठमाडौं – अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् ।

त्यस्तै पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ ।

पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आएकी थिइन् । छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएकाको उद्धारमा खटिएकै क्रममा पुरिएर निधन भएको थियो ।

पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्य...
एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना, आजदेखि तेस्रो संस्करण सुरु

एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना, आजदेखि तेस्रो संस्करण सुरु

९ कात्तिक, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना ...
सर्बियामा विद्यार्थी आन्दोलनको जित, बुचिचको १४ वर्षे शासन अन्त्य

सर्बियामा विद्यार्थी आन्दोलनको जित, बुचिचको १४ वर्षे शासन अन्त्य

९ कात्तिक, काठमाडौं — सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्वराष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन अन्त्य भएको छ। संसदीय न...
सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...