प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा गलत सूचना दिए: एमाले सचिव योगेश भट्टराई

२८ असार, काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा गलत सूचना दिएको दाबी गरेको छ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेपछि छलफलमा भाग लिँदै एमाले सचिव योगेश भट्टराईले प्रचण्डले आक्रोश पोखेको बताएका हुन्।

उनले भने,‘प्रधानमन्त्रीले सदनमा दिएको वक्तव्य सुन्दा आफू कहिले पनि रोस्टममा प्रधानमन्त्रीको हैसियतले अब फेरि भाषण गर्ने दिन फर्किदैन कि भन्ने जस्तो मलाई महसुस भयो। माया पारेको जस्तो पनि मैले महसुस गरे। उहाँ प्रधानमन्त्रीको पदबाट बिदा भइरहँदा उहाँ संसदको सदस्य र पार्टीको नेता कायम नै हुनुहुन्छ। उहाँको जवाफदेहिता आजको मात्र हुँदैन। बाचुञ्जेल जवाफदेहिता बोक्नुपर्छ भनेर बोलेको भए हुने थियो।’

भट्टराईले देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस र एमाले एक ठाउँमा आइपुगेको दाबी गरे। एमाले र कांग्रेस सात दशक अगाडिदेखि राजनीतिक संघर्षको इतिहासबाट आएको बताउँदै भट्टराईले दुई दलको अगुवाईमा ठूला ठूला परिवर्तन आएको उल्लेख गरे । उनले प्रचण्डलाई आफूलाई अनुकुल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को व्याख्या नगर्न चेतावनी दिए।

भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार रहेको नबिर्सन आग्रह गरे। उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार हुनुहुन्थ्यो। एक जना मस्यौदाकार एमालेको तर्फबाट उहाँ हो। शेरबहादुर देउवा पनि थुनामा हुनुहुन्थ्यो १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्नु भएको होइन र ?’

संविधान निर्माण र राजनीतिमा माओवादीको योगदान भएकाले नै संसदमा माओवादी भएको बताउँदै उनले ठूला ठूला हिंसात्मक आन्दोलन बिलय भएको स्मरण गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

खरेलको ‘तमासा’ टिप्पणीमाथि संसद्मा नियमापत्ति

१२ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा नियमा...
प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

प्रधानमन्त्रीलाई संसद्‌मा ल्याउन रास्वपाले गर्ने भयो पहल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गर्ने प...
सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

सहकार्य र सम्बन्ध विस्तारबारे प्रधानमन्त्रीको छलफल

१२ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भ...
नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

नजिर उल्लंघन मात्रै अवहेलनाको आधार नहुने सर्वोच्चको फैसला

१२ जेठ, काठमाडौं — सर्वोच्च अदालतले नजिर वा कानुनी सिद्धान्तविपरीत फैसला गर्दैमा कुनै न्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउ...