सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए पदबाट राजीनामा

Advertisement

चैत्र २२, धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक अघि उनले राजीनामा दिएका हुन् ।

अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीका सबै सांसदको साथ पाउने अपेक्षा मुख्यमन्त्री शाहको थियो । तर सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद कैलाश चौधरी र टीका थापा काठमाण्डौंबाट नआएपछि उनले राजीनामा दिएका हुन् । नागरिक उन्मुक्तिका सातै जना सांसद एक ढिक्का भएर उनलाई समर्थन गरे एक जना राप्रपा र एक जना स्वतन्त्रको गरी २७ मत पुग्ने अपेक्षामा मुख्यमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना, आजदेखि तेस्रो संस्करण सुरु

एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना, आजदेखि तेस्रो संस्करण सुरु

९ कात्तिक, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना ...
सर्बियामा विद्यार्थी आन्दोलनको जित, बुचिचको १४ वर्षे शासन अन्त्य

सर्बियामा विद्यार्थी आन्दोलनको जित, बुचिचको १४ वर्षे शासन अन्त्य

९ कात्तिक, काठमाडौं — सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्वराष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन अन्त्य भएको छ। संसदीय न...
सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...