सहकारी ठगी मुद्दामा लामिछानेको अदालत उपस्थिती

सहकारी ठगी मुद्दामा लामिछानेको अदालत उपस्थिती

१८ चैत, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख बुझेका छन्। सहकारी ठगीसम्बन्धी मुद्दामा उनी मंगलबार अदालत पुगेका हुन्। अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार तारेख बुझेर उनी केही समयपछि फर्किएका थिए। पर्सास्थित सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दर्ता रहेको छ। लामिछाने फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन्।
Read More
आपतकालीन स्वास्थ्य सेवा सुधार्न महानगरको नयाँ योजना

आपतकालीन स्वास्थ्य सेवा सुधार्न महानगरको नयाँ योजना

१८ चैत, काठमाडौं — काठमाडौं महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको निरन्तरता र गुणस्तर सुधार गर्ने लक्ष्यसहित दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी थालेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य विभाग, वित्त विभाग र नेपाल एम्बुलेन्स सेवाका प्रतिनिधिबीच सेवा सुधारका उपायबारे छलफल भएको थियो। बैठकमा डंगोलले आपतकालीन अवस्थामा छिटो सेवा पुर्‍याउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न निर्देशन दिएकी छन्। सवारी चापका कारण चार पाङ्ग्रे एम्बुलेन्स ढिलो पुग्ने अवस्थालाई ध्यानमा राख्दै बिरामीसम्म चिकित्सकलाई छिटो पुर्‍याउने व्यवस्था आवश्यक रहेको उनले बताइन्। त्यसैगरी, एम्बुलेन्स ट्र्याकिङ प्रणाली विकास गरी सेवाग्राहीले आफूले बोलाएको एम्बुलेन्सको अवस्थिति र भित्र रहेका स्वास्थ्यकर्मीबारे…
Read More
बक्यौता असुलीमा विद्युत प्राधिकरणले चाल्यो कडा कदम

बक्यौता असुलीमा विद्युत प्राधिकरणले चाल्यो कडा कदम

१८ चैत, काठमाडौं — नेपाल विद्युत प्राधिकरणको गौर वितरण केन्द्रले बक्यौता विद्युत महसुल असुली अभियानलाई तीव्र बनाएको छ। लामो समयदेखि शुल्क नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यवसाय र सरकारी कार्यालयहरूलाई लक्षित गर्दै कडा कदम चालिएको हो। गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार बारम्बारको ताकेता बेवास्ता भएपछि राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकामा एकैदिन विद्युत आपूर्ति काटिएको थियो। त्यसपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता तिरेपछि मात्र पुनः लाइन जोडिएको छ। प्राधिकरणका अनुसार गौर वितरण केन्द्र अन्तर्गत पर्ने गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई र वृन्दावन नगरपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूले अझै पनि…
Read More