‘रक्षा मन्त्रीलाई संसदमा ल्याउनुस्, प्रश्न सोध्नुछ’: हर्क साम्पाङ

‘रक्षा मन्त्रीलाई संसदमा ल्याउनुस्, प्रश्न सोध्नुछ’: हर्क साम्पाङ

२९ जेठ, काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको बैठकमा रक्षा मन्त्रीको उपस्थितिको माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा सुरक्षासम्बन्धी केही प्रश्न राख्नुपर्ने भएकाले रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग आग्रह गरे। हाल रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्दै आएका छन्। साम्पाङले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली नागरिकलाई दुर्व्यवहार गरेको भनिएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सरकारको धारणा माग गरे। उनले रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराएर सीमासम्बन्धी विषयमा जवाफ दिनुपर्ने बताए। साम्पाङले नेपाली सेना सीमामा किन परिचालन नगरिएको भन्दै प्रश्न उठाए। सीमामा सेना परिचालन गर्न नपाउने कुनै सम्झौता वा करार…
Read More
परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन जाँदै

२९ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गतेदेखि चारदिने चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री खनालको भ्रमण जेठ ३१ देखि असार ३ गतेसम्म रहनेछ। उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन जान लागेका हुन्। मन्त्रालयका अनुसार भ्रमणका क्रममा बेइजिङमा परराष्ट्रमन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विविध विषयमा सहकार्यका सम्भावनाबारे छलफल हुने जनाइएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय पदाधिकारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। यसैगरी, नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली…
Read More
‘सीमा व्यवस्थापन होइन, सीमा विवादको कुरा गर्नुस्’ : खुश्बु ओली

‘सीमा व्यवस्थापन होइन, सीमा विवादको कुरा गर्नुस्’ : खुश्बु ओली

२९ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणका क्रममा नेपाल–चीन सीमा र नेपाली भूभागसँग सम्बन्धित विषयमा स्पष्ट धारणा राख्न सुझाव दिएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले सीमा विवादको विषय नउठाएको भन्दै आपत्ति जनाइन्। चीन भ्रमणमा भने लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषय कूटनीतिक रूपमा स्पष्टसँग उठाउनुपर्ने उनको भनाइ थियो। ओलीले परराष्ट्रमन्त्रीले संसदमा पनि सीमा विवादभन्दा सीमा व्यवस्थापनको विषयमा मात्रै बोलेको भन्दै सीमा समस्याको गम्भीरतालाई पर्याप्त रूपमा नबुझेको आरोप लगाइन्। उनले सीमा व्यवस्थापन र सीमा विवाद फरक विषय भएकाले सांसदहरूले पनि यसबारे थप अध्ययन गरेर धारणा बनाउनुपर्ने…
Read More
‘सुधन गुरुङको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ?’ कांग्रेसको सरकारलाई प्रश्न

‘सुधन गुरुङको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ?’ कांग्रेसको सरकारलाई प्रश्न

२९ जेठ, काठमाडौं —  नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका सांसद भरत खड्काले उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयर लगानीबारे प्रश्न उठेको थियो। त्यसपछि सरकारले छानबिनका लागि समिति गठन गरेको थियो। समितिले प्रतिवेदन सरकारलाई बुझाएको एक साता बितिसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन। यसबीच प्रतिवेदन बुझाइसकेपछि सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। तर, उनीमाथि गरिएको छानबिनको प्रतिवेदन भने अझै सार्वजनिक नभएको भन्दै कांग्रेसले सरकारसँग त्यसबारे स्पष्ट पार्न…
Read More