एमाले बैठकमा नेतृत्वबारे बहस जारी

Advertisement

१० जेठ, काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ ।

आजको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यसअघि बोल्न बाँकी रहेका नेताहरूले आफ्ना धारणा राख्नेछन् ।

गत शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा नेताहरूले आफ्ना विचार राख्ने क्रम शनिबारसम्म जारी रहेको थियो । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए ।

यद्यपि उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले ओलीको पक्षमा धारणा राखेका थिए । उनीहरूले कठिन परिस्थितिमा नेतृत्वको साथ दिनुपर्ने बताएका थिए ।

स्रोतका अनुसार शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि ओलीको प्रत्यक्ष समर्थन नगरी आफ्नो धारणा राखेका थिए । उनले घुमाउरो रूपमा अहिलेको अवस्थाबाट पार्टीलाई अगाडि बढाउन कठिन हुने बताएका थिए ।

शनिबार महासचिव पोखरेलसहित उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ तथा सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ओलीको विपक्षमा देखिएका थिए ।

त्यस्तै शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्षले पनि ओलीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको समर्थनमा उभिएका छन् ।

आज सचिव शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईले पनि आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार हालसम्म धारणा राखेका अधिकांश नेताहरूले नेतृत्व परिवर्तनको सुझाव दिए पनि ओलीले त्यसलाई अस्वीकार गरेका छन् ।

सबै नेताको धारणा सकिएपछि अध्यक्ष ओलीले त्यसबारे आफ्नो जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बालश्रम नियन्त्रण गर्न कानुनसँगै गरिबी र बेरोजगारी सम्बोधन गर्नुपर्नेमा जोड

बालश्रम नियन्त्रण गर्न कानुनसँगै गरिबी र बेरोजगारी सम्बोधन गर्नुपर्नेमा जोड

९ मंसिर, काठमाडौं — बालश्रमसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयकमाथि संसदीय समितिमा भइरहेको सैद्धान्तिक छलफलमा बालबालिकाको ...
काठमाडौं महानगरले अटिजम विद्यालय भवन निर्माण सुरु गर्दै

काठमाडौं महानगरले अटिजम विद्यालय भवन निर्माण सुरु गर्दै

९ मंसिर, काठमाडौं — काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि निर्माण गर्न लागेको विशेष विद्यालय भवनको श...

Miten kierrätysvaatimukset ja bonusehdot pikapeleissä vaikuttavat kotiutuksiin

Miten kierrätysvaatimukset ja bonusehdot pikapeleissä vaikuttavat kotiutuksiin Olen aina pitänyt nettipelaamista hieman monimutka...

Opi pelikassan järkevä hallinta aloittelijana vältä kalliit virheet

Pelikasvojen Hallinta: Aloittelijan Pelastusohje Moni aloittelija tekee sen virheen — panostaa liikaa, liian nopeasti, ilman suun...