एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

१२ साउन, काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् ।

शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको बताए ।

उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्न सके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने उल्लेख गरे ।

वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने भन्दै उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेकोप्रति ध्यानाकर्षण गराए ।

उनले भने, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ । इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ । अप्रेशनका निम्ति एक वर्ष पर्खिनुपर्छ भन्ने गुनासो छ । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो हामीले बाहिर सुनिरहेका छौँ । ती कति सत्य होलान् र कति असत्य होलान् । तर हामीले ती गुनासाहरुलाई क्रमशः सम्बोधन गर्दै जान सक्नुपर्छ ।’

उनले अस्पतालमा हाल प्रशासनिक, चिकित्सक र प्राविधिकहरुसमेत १८ सय जनशक्ति भएको जानकारी प्राप्त भएको भन्दै त्यही जनशक्तिले पनि सेवा प्रवाहलाई व्यवस्थित गर्न सकिन्छ भन्ने आत्मविश्वासको साथ अघि बढ्न आग्रह गरे ।
‘त्यो जनशक्ति पूर्ण हो मैले भन्न खोजेको होइन, तर त्यो जनशक्तिको संख्या सानो होइन । त्यसले मेहनत गर्ने हो भने हामीले ठूलो उपलब्धि दिनसक्छौँ । त्यसैले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । एक अर्काको सम्बन्ध समन्वयात्मक ढंगबाट अगाडि बढाउन जरुरी छ,’ उनले भने, ‘त्यसैले यो एकीकृत संस्था एकीकृत ढंगबाट काममा अघि जान जरुरी छ । हामीले व्यवस्थापकीय पक्षमा जे-जे सुधार गर्नुपर्ने हो, सबै सुधार गर्न सकिरहेका छैनौँ । व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिनसक्छौँ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

महत्वपूर्ण सडक परियोजना सञ्चालनको नजिक

महत्वपूर्ण सडक परियोजना सञ्चालनको नजिक

४ वैशाख, काठमाडौं — सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ...
विदेशी लगानीकर्ता घटे, भिसा सिफारिसमा पनि गिरावट

विदेशी लगानीकर्ता घटे, भिसा सिफारिसमा पनि गिरावट

४ वैशाख, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा कुल ४१ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। ...
खड्काको रिटमा सुनुवाइ जारी, आज शर्माको पालो

खड्काको रिटमा सुनुवाइ जारी, आज शर्माको पालो

४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा विपक्षी ...
कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

३ वैशाख, काठमाडौं — थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसोबास गरिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी ...