राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता

७ पुस, कास्की – जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।

कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । समग्रमा ४४ व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाइएको निमित्त श्रेस्तेदार लामिछानेले बताए ।

प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

१४ साउन, काठमाडौं — सिरहा जिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउ...
सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

१४ साउन, काठमाडौं — सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनक...
‘सरकार मलमपट्टी गर्दैछ’ : रास्वपा सांसद न्यौपाने

‘सरकार मलमपट्टी गर्दैछ’ : रास्वपा सांसद न्यौपाने

१४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सुनसरी घटनाका विषयमा उठेका प्रश्नको जवाफ दिँद...
शान्ति–सुरक्षाबारे उच्चस्तरीय छलफल आज

शान्ति–सुरक्षाबारे उच्चस्तरीय छलफल आज

१४ साउन, काठमाडौं — प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। ...