२०८२ चैत्र १७
२०८२ चैत्र १७
१७ चैत, काठमाडौं — सरकारले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार प्रवेशमा एकाएक कडाइ गर्न थालेको छ। बिना कुनै औपचारिक सूचना सुरक्षाकर्मीले प्रवेशद्वारमै पुराना अस्थायी पासहरू जफत गर्न थालेपछि सर्वसाधारण र सरोकारवालाहरू अलमलमा परेका छन्। विगत लामो समयदेखि विभिन्न मन्त्रालयहरूले जारी गर्ने गरेका अस्थायी पासका आधारमा सिंहदरवार प्रवेश पाउँदै आएका आगन्तुकहरूलाई अहिले गेटमै रोक लगाइएको छ। "नयाँ पास जारी नहुञ्जेल पुराना पास चल्दैनन्" भन्दै गेटमा खटिएका प्रहरीले पुराना पासहरू लिने गरेका छन्। मन्त्रालयहरू भन्छन् "हामीलाई जानकारी छैन" पास खारेजी र प्रवेशमा कडाइ गरिएको सम्बन्धमा सिंहदरवार भित्रका विभिन्न सरकारी निकाय र मन्त्रालयहरूसँग बुझ्दा उनीहरूले यसबारे कुनै लिखित जानकारी प्राप्त नभएको बताएका छन्।…