कांग्रेसको डिजिटल सदस्यता अभियान तीव्र

कांग्रेसको डिजिटल सदस्यता अभियान तीव्र

३ जेठ, काठमाडौं — नेपाली कांग्रेसले ३० वर्षमुनिका युवालाई आवेदन दिनेबित्तिकै सिधै क्रियाशील सदस्यता दिने व्यवस्था सुरु गरेको छ । सदस्यता व्यवस्थापन समितिका अनुसार ३० वर्षभन्दा कम उमेरका युवाहरूलाई अब प्रत्यक्ष रूपमा क्रियाशील सदस्यता प्रदान गर्न थालिएको हो । सदस्यता व्यवस्थापन समितिका संयोजक तथा कांग्रेस महामन्त्री प्रदीप पौडेलले युवाहरूलाई पार्टीमा उचित अवसर र स्थान दिन यो व्यवस्था लागू गरिएको बताएका छन् । उनले कान्तिपुलाईभ सँग कुरा गर्दै भने, “३० वर्षमुनिका युवालाई आवेदन दिएलगत्तै क्रियाशील सदस्यता दिन सुरु गरेका छौं । पार्टीमा युवाको सहभागिता बढाउन पनि यो आवश्यक छ ।” यसअघि कांग्रेसमा सामान्यतया साधारण सदस्यता लिएको एक वर्षपछि मात्र क्रियाशील सदस्यता…
Read More
सरकारलाई सतर्क रहन प्रचण्डको सुझाव

सरकारलाई सतर्क रहन प्रचण्डको सुझाव

३ जेठ, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही दिशामा अगाडि नबढिरहेको बताएका छन् । आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमाथि विभिन्न प्रश्न र आशंकाहरू उठिरहेको भन्दै अहिलेको अवस्थामा समर्थन गर्न नसकिने बताएका हुन् । उनले सुकुम्बासी समस्या अझै समाधान हुन नसकेको र त्यो अहिले पनि गम्भीर विषयकै रूपमा रहेको बताए । साथै ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित मुद्दाहरू पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो । प्रचण्डले संविधान संशोधनका लागि सरकारले तयार गर्ने भनिएको बहसपत्र पनि स्पष्ट र पारदर्शी ढंगले अगाडि नआएको बताए । उनका अनुसार यो विषय…
Read More
‘३ लाख नदिए विदेश जान पाउँदैनौ’ भन्दै दबाब दिने एजेन्ट पक्राउ

‘३ लाख नदिए विदेश जान पाउँदैनौ’ भन्दै दबाब दिने एजेन्ट पक्राउ

३ जेठ, काठमाडौं — सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको उडान वैशाख २९ गते तय गरिएको थियो । सरकारको ‘फ्रि भिसा फ्रि टिकट’ नीतिअनुसार म्यानपावर कम्पनीलाई प्रक्रिया शुल्कबापत बढीमा १० हजार रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था भए पनि अजयले यसअघि नै ७० हजार रुपैयाँ नगद बुझाइसकेका थिए । तर कोटेश्वरस्थित ‘ग्रान्ड स्वीट जब’ नामक म्यानपावर कम्पनीले ‘३ लाख रुपैयाँभन्दा एक रुपैयाँ पनि कम नलिने’ बताएपछि उनी मलेसिया जानबाट रोकिए । रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको भए पनि मागिएको रकम तिर्न नसक्दा अजयको वैदेशिक रोजगारीको सपना रोकियो । पछि म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ…
Read More
आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

आगामी आर्थिक योजनाबारे उच्चस्तरीय छलफल

१ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ। सरकारले हिजो मात्रै नीति तथा कार्यक्रम पारित गरेको थियो। त्यसपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीच आगामी बजेट तयारीलगायत विषयमा छलफल भएको बताइएको छ। भेटवार्तापछि अर्थमन्त्री वाग्ले प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका छन्।
Read More
‘नसुनी थुन्ने हो भने सबै डराउँछन्’: बैंकरहरू

‘नसुनी थुन्ने हो भने सबै डराउँछन्’: बैंकरहरू

१ जेठ, काठमाडौं — पछिल्लो समय बैंकरहरू पक्राउ पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले आफूहरू त्रासमा रहेको बताएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंकिङ क्षेत्रमा मनोवैज्ञानिक दबाब बढेको उनीहरूको भनाइ छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले अहिलेको परिस्थितिमा सबैजना त्रासमा रहेको बताए। बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “दिनैपिच्छे कसलाई समातियो भन्ने भइरहेको अवस्थामा त्रास कसलाई हुँदैन र?” उनले बैंकमा रहेको धितोमाथि पहिलो अधिकार बैंककै हुने कानुनी व्यवस्था राम्रोसँग नबुझी भइरहेको पक्राउले बैंकिङ क्षेत्रमा गम्भीर मनोवैज्ञानिक असर परेको बताए। सिबिफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले…
Read More
कांग्रेसले सुरु गर्‍यो डिजिटल सदस्यता प्रणाली

कांग्रेसले सुरु गर्‍यो डिजिटल सदस्यता प्रणाली

१ जेठ, काठमाडौं — नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अद्यावधिक कार्य आगामी २१ दिनभित्र पूरा गर्ने निर्णय गरेको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको कांग्रेस सदस्यता व्यवस्थापन समितिको बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले जेठ २१ गतेभित्र सदस्यता वितरण, नवीकरण र अद्यावधिकको काम अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको हो। महामन्त्री पौडेलले कांग्रेसको क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल बनाउँदै पार्टीलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको दल बनाउने उद्देश्यले विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जानकारी दिए। उनका अनुसार प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि नेपाली कांग्रेसको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’…
Read More
मधेस सरकारको भविष्य जसपा नेपालको निर्णयमा निर्भर

मधेस सरकारको भविष्य जसपा नेपालको निर्णयमा निर्भर

१ जेठ, काठमाडौं — मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। तर प्रदेश सभामा निर्णायक भूमिका रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा अझै स्पष्ट निर्णय सार्वजनिक गरेको छैन। मुख्यमन्त्री यादवले आज बिहान ११ बजे प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम छ। त्यसअघि जसपा नेपालको संसदीय दलको बैठक जनकपुरमा बसिरहेको छ, जहाँ विश्वासको मत दिने वा नदिने विषयमा छलफल भइरहेको छ। बैठकमा सहभागी एक नेताका अनुसार पार्टीभित्र फरक–फरक धारणा आएका छन्। स्रोतका अनुसार अधिकांश नेताहरू जसपा नेपाल अब सत्ता बाहिर बस्नुपर्ने पक्षमा छन् भने केही नेताले वर्तमान सरकारलाई…
Read More
सर्वोच्चले माग्यो ज्योतिप्रकाश पाण्डे पक्राउको कारण

सर्वोच्चले माग्यो ज्योतिप्रकाश पाण्डे पक्राउको कारण

३१ वैशाख, काठमाडौं — सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी पत्नी निरु दाहालले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न सम्बन्धित पक्षलाई आदेश दिएको हो। साथै, सर्वोच्च अदालतले अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन पनि बोलाएको छ।
Read More
रास्वपाले उठायो सांसदको स्वकीय सचिव सुविधा पुनःस्थापनाको मुद्दा

रास्वपाले उठायो सांसदको स्वकीय सचिव सुविधा पुनःस्थापनाको मुद्दा

३१ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूलाई पुनः स्वकीय सचिवको सुविधा दिनुपर्ने माग गरेको छ। बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले सांसदहरूको क्षमता विकासका लागि स्वकीय सचिव आवश्यक रहेको बताएका हुन्। उनले सांसदहरूलाई सक्षम बनाउन, उनीहरूको वृत्ति विकास र क्षमता अभिवृद्धिमा सरकारले लगानी गर्नुपर्ने बताए। त्यसका लागि पहिलो कदमस्वरूप सांसदहरूलाई स्वकीय सचिवको सुविधा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो। यसअघि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए। तर, सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गर्दै उक्त सुविधा हटाएको थियो। त्यसका लागि सरकारले संघीय संसद्का पदाधिकारी…
Read More
‘जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्छ भन्ने परम्परा हुन सक्छ’: आचार्य

‘जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्छ भन्ने परम्परा हुन सक्छ’: आचार्य

३१ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित नभएको विषयमा बचाउ गरेका छन्। विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग गर्दै आएका छन्। तर बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले प्रधानमन्त्री नआएको विषयलाई परम्पराको निरन्तरताको क्रमभंगता भएको टिप्पणी गरे। उनले भने, “कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रमभंगता हो भन्ने लाग्न सक्छ।” गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका…
Read More