१८ माघ २०८१
१८ माघ २०८१
१८ माघ, काठमाडौं – ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २ भारतीय नागरिकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डेढ वर्षदेखि संगठित रूपमा ठगी गर्दै आएका उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा कैलालीका २२ वर्षीय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन्। त्यस्तै, भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमार पनि पक्राउ परेका छन्। स्मार्ट तरिकाले ठगी, करोडौंको साइबर अपराध सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार पक्राउ परेका व्यक्तिहरू कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन्, जसले…