जाजरकोटमा जिप दुर्घटना

जाजरकोटमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान करिब ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ जाँदै गरेको जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको हो । जिपमा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही स्थानका २८ वर्षीय…
Read More
अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावकारी उपस्थिति रहने दाबी गरेका छन् । शुक्रबार आफ्नो मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले यस्तो अनुमान व्यक्त गरेका हुन् । फागुन २१ गते निर्वाचन हुने उल्लेख गर्दै उनले भने, “चुनावपछि एउटा कुरा स्पष्ट हुन्छ—अहिले सबै दलले युवाहरूका लागि कोटा तोकेका छन् । यही नै आशाको विषय हो । म आधारहीन कुरा गरिरहेको छैन । यसपटक संसद् वा सरकार जुनसुकै पार्टीबाट बने पनि युवाहरूको वर्चश्व रहने निश्चित छ ।” मन्त्री खरेलले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने र त्यसपछि…
Read More
मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावरी नगरपालिका–८ की ३३ वर्षीया राधिका नेपालीको बुधबार साँझ करिब ५ बजे उपचारका क्रममा मृत्यु भएको थियो, तर उनको शव हालसम्म अस्पतालबाट नउठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार नेपालीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। राधिकाको मृत्युको विषयमा पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल जारी रहे पनि सहमति नजुटेकाले शव नउठाइएको उनले बताए। शल्यक्रियामार्फत नवजात शिशु (छोरी) जन्माएपछि सुत्केरी राधिकाको स्वास्थ्य अवस्था जटिल बनेको थियो। पुस २३ गते दिउँसो शिशु…
Read More
विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई समयअनुसार पार्टीलाई पुनः ऊर्जावान बनाउँदै स्पष्ट दिशा दिन आयोजना गरिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै शर्माले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र वर्तमान परिस्थितिको आवश्यकता भएको उल्लेख गरेका छन्। विशेष महाधिवेशनको घोषणा भएसँगै पार्टीभित्र र बाहिर उठेका आशंकाप्रति प्रतिक्रिया दिँदै उनले यसले पार्टी फुटाउने होइन भन्ने स्पष्ट पारेका छन्। “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन,” भन्दै शर्माले पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिले अधिवेशन हलबाट बाहिर निस्केर पार्टी जोगाउन सबैसँगै उभिने बताएका छन्।…
Read More
नेपाल प्रहरीद्वारा निर्वाचन प्रहरीहरुक भर्ना प्रक्रिया सुरु

नेपाल प्रहरीद्वारा निर्वाचन प्रहरीहरुक भर्ना प्रक्रिया सुरु

२४ पुस, , काठमाडौं —  झण्डै एक लाख ३४ हजार निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार निर्वाचन प्रहरी भर्ना सम्बन्धी आवेदन आह्वान गरेको हो । यस पटक नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ती गर्नेछ । इच्छुक उम्मेदवारले शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सार्वजनिक बिदाका दिनहरूमा पनि आवेदन स्वीकार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आवेदन जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा सबै जिल्ला प्रहरी कार्यालयबाट फारम लिएर बुझाउन सकिनेछ । निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवार फारम दर्ता गर्ने…
Read More
भत्काउने बानीले देश निर्माण हुँदैन : ओली

भत्काउने बानीले देश निर्माण हुँदैन : ओली

२३ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काउने कामबाट मात्रै देश नबन्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । हेटौंडामा सरकारले घर भत्काएको घटनाप्रति आपत्ति जनाउँदै ओलीले वर्तमान सरकारलाई भत्काउने काममै केन्द्रित भएको आरोप लगाए । उनका अनुसार सरकारले निर्वाचन गराउने र त्यसको वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्नेमा घर भत्काउने कार्य गरिरहेको छ । ‘यो सरकारले के गर्‍यो ? हेटौंडामा घर भत्काउनु नै यसको काम हो ? चुनाव गराउनु पर्दैन ? चुनावको वातावरण बनाउनु पर्दैन ? हेटौंडामा घर भत्कायो,…
Read More
मेरो ध्यान चुनाव सम्पन्न गराउनमै केन्द्रित छ: सञ्चारमन्त्री खरेल

मेरो ध्यान चुनाव सम्पन्न गराउनमै केन्द्रित छ: सञ्चारमन्त्री खरेल

२३ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमा उम्मेदवारी दिने विषयमा आफूले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चा चलिरहेका बेला उनले यसबारे निर्णय नलिएको बताएका हुन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको बताए । उनले भने, आफूले चुनाव लड्ने वा नलड्नेबारे कुनै निर्णय नगरेको र अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीमा प्रवेश नगरेको स्पष्ट पारे । कुनै दलसँग वार्ता, छलफल वा आवद्ध हुने घोषणा नगरेको समेत उनको भनाइ थियो । मन्त्री खरेलले…
Read More
गैरीगाउँको काठ गोदाममा भीषण आगलागी

गैरीगाउँको काठ गोदाममा भीषण आगलागी

२२ पुस, काठमाडौं — काठमाडौंको सिनामंगल–गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार अपराह्न भीषण आगलागी भएको छ । आगो निभाउन पठाइएका दुई दमकलमध्ये एउटा मात्र घटनास्थलमा पुगेको छ भने साँघुरो सडकका कारण अर्को दमकल पुग्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख गोपाल घिमिरेका अनुसार हाल धुवाँका कारण उडान सञ्चालनमा कुनै अवरोध आएको छैन । आगलागीको खबर प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
Read More
वीरगन्जमा कर्फ्यु जारी, जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक

वीरगन्जमा कर्फ्यु जारी, जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक

२२ पुस, काठमाडौं — वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि लागू गरिएको कर्फ्यु स्थानीय प्रशासनले यथावत् राखेको छ। प्रारम्भमा कर्फ्यु सोमबार साँझदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि लगाइएको थियो भने पछि मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अवधि थप गरिएको हो। यसअघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लागू गरिए पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु लगाइएको थियो। कर्फ्यु क्षेत्र वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ। धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए। त्यसको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति…
Read More
राष्ट्रिय सभामा एमालेको नजर ७ सिटमा

राष्ट्रिय सभामा एमालेको नजर ७ सिटमा

२२ पुस, काठमाडौं — नेकपा एमालेले राष्ट्रिय सभाका ७ सिटमा आफ्नो दाबी प्रस्तुत गरेको छ । सोमबार सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशबाट एक–एक जना पर्ने गरी ७ सिटमा एमालेको दाबी रहेको जानकारी दिए । तर, क्लस्टरका आधारमा उम्मेदवार तय गर्ने प्रक्रिया भने अझै बाँकी रहेको उनले बताए । उनका अनुसार, उम्मेदवार टुंग्याउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने सहमति भएको पनि उनले स्पष्ट पारे । ‘हरेक प्रदेशबाट एक…
Read More