२०८२ चैत्र १६
२०८२ चैत्र १६
१६ चैत, काठमाडौं — सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई मन्त्रालयको काममा प्रत्यक्ष परिचालन गर्ने विशेष योजना अघि सारेको छ। सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी र नतिजामुखी बनाउन रास्वपाले विषय विज्ञताका आधारमा सांसदहरूलाई मन्त्रालयमा खटाउने तयारी गरेको हो। सांसदलाई मन्त्रालय पठाउनुको मुख्य उद्देश्य रास्वपा प्रवक्ता मनिष झाका अनुसार यो कदम सांसदहरूको क्षमता अभिवृद्धि र मन्त्रीहरूलाई कार्यसम्पादनमा सहयोग पुर्याउन चालिएको हो। प्रवक्ता झाले भने, "सांसद भनेको भविष्यको सम्भावित मन्त्री पनि हो। त्यसैले यो उनीहरूका लागि एक प्रकारको प्रशिक्षण (ट्रेनिङ) पनि हुनेछ।" पार्टीले मन्त्रालयमा सांसदहरूका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि विज्ञका रूपमा खटाउने तयारी गरेको छ। केही सांसदहरूले भने…