विदेशी मुद्रा सञ्चिति नयाँ उचाइमा, २२ खर्ब ७३ अर्ब नाघ्यो

विदेशी मुद्रा सञ्चिति नयाँ उचाइमा, २२ खर्ब ७३ अर्ब नाघ्यो

२६ पुस, काठमाडौं – नेपालमा विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड कायम गरेको छ। गत मंसिर मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यसअघि असार मसान्तमा कुल सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार, विदेशी मुद्रा सञ्चिति असारको तुलनामा करिब ११.५ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरको आधारमा हेर्दा, २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको सञ्चिति मंसिर मसान्तसम्ममा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदनमा यो तथ्यांक उल्लेख गरिएको छ। १७.६ महिनाको आयात…
Read More
राष्ट्रिय परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिने

राष्ट्रिय परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिने

२६ पुस, काठमाडौं – अब माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको प्रयोग गरेर पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ। यसअघि नागरिकता अनिवार्य भए पनि अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेको हो। राष्ट्र बैंकको निर्देशनअनुसार, “बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा खाता खोल्नुपर्नेछ।” राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार, राष्ट्रिय परिचयपत्रलाई प्राथमिकता दिइए पनि सबै नागरिकसँग परिचयपत्र उपलब्ध नभएकाले नागरिकताका आधारमा खाता खोल्ने प्रावधान यथावत् रहनेछ। उनले भने, “नागरिकताका आधारमा खाता खोल्ने व्यवस्था यथावत् छ, तर अब…
Read More
चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा

चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा

१८ मङ्सिर, काठमाडौं  - चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए । चारदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली चीनमा छन् ।
Read More
पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा करिब १७ प्रतिशतले वृद्धि

पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा करिब १७ प्रतिशतले वृद्धि

६ मङ्सिर, काठमाडौं -चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बिहीबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड राजस्व संक्लन भएको छ । सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको भने देखिँदैन । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आव २०७६/७७ मा ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । आव २०७७/७८ मा १०…
Read More
बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको छ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको छ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

३० कात्तिक, काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको बताएका छन् । नेपाल बैंकको ८८औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकले ग्राहकलाई गरेको व्यवहारको राष्ट्र बैंकले अनुगमन गर्ने प्रणाली विकास गरेको बताएका हुन् । “नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै प्रणाली बनाइरहेको छ । उपभोक्ता संरक्षणसम्बन्धी छुट्टै डिभिजन छ । जसले प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन गर्न सुरु गरेका छौँ,” अधिकारीले भने, “बैंकहरूले ग्राहकहरूलाई नचाहिँदो दुःख हुने किसिमको टर्चर दिएको सुनिन्छ । बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक…
Read More
प्रत्येक प्रदेशका सहकारीको अवस्था अनुगमनका लागि विज्ञ टोली खटाइने

प्रत्येक प्रदेशका सहकारीको अवस्था अनुगमनका लागि विज्ञ टोली खटाइने

२१ कात्तिक, काठमाडौं - बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्न विज्ञ टोली गठन गरिने भएको छ । बुधबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रत्येक प्रदेशका सहकारीको अवस्था अनुगमनका लागि विज्ञ टोली खटाइने निर्णय गरेको हो । टोलीले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारको यथार्थ वस्तुस्थिति र जोखिमसमेत आकलन गरी सहकारी विभागमा प्रतिवेदन पेस गर्ने छ । टोली गठन गरी निश्चित कार्यादेशसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कर्मचारी खटाउनुपर्ने छ । यसका लागि आवश्यक वित्तीय क्षेत्रमा काम गरेका जनशक्ति अर्थ मन्त्रालयले र अन्य जनशक्ति संघीय मामिला तथा सामान्य प्रशासन…
Read More
विकास निर्माणका काममा  सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्दछ: प्रधानमन्त्री केपी शर्मा ओली

विकास निर्माणका काममा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्दछ: प्रधानमन्त्री केपी शर्मा ओली

२२ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् । लगानी बोर्डको ५९औं बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरे । 'हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुराना पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ,' उनले भने, 'यताबाट उता फाइल पठाउने र अध्ययन/विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा…
Read More
विज्ञ भन्छन्: वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या

विज्ञ भन्छन्: वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या

१८ असोज, काठमाडौं - नेपालको संविधान २०७२ जारी भएर मुलुक संघीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय संघीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानकारहरुले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालमा ‘संघीयता : वित्तीय दृष्टिकोण’ विषयक छलफल तथा प्रस्तुतीकरण कार्यक्रमका वक्ताहरुले वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक रहेको धारणा राखे । कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय संघीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागी तीन तहका सरकार र निकायबीच समन्वय, सहककार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताए । स्थानीय तह र प्रदेश सरकारले राजस्व उठाउने र…
Read More
नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने: अर्थमन्त्री

नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने: अर्थमन्त्री

२८ भदौ, काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् । आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताए । उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले कार्य प्रकृया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिँदै…
Read More
दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि दुग्ध विकास संस्थान लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत

दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि दुग्ध विकास संस्थान लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत

२० भदौ, काठमाडौं - सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानहरूको बाँकी रकम दशैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । बिहीबारको मन्त्रिपरिषद्ले कृषि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ…
Read More