२०८३ बैशाख २
२०८३ बैशाख २
२ वैशाख, काठमाडौं — सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वका कारण यसअघि स्थगित गरिएको पुनः श्रम स्वीकृति अब पुनः सञ्चालनमा ल्याइएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३१ चैत २०८२ मा गरेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरिएको हो। इराकका सम्बन्धमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिने वैदेशिक रोजगार विभागले जनाएको छ। यसअघि मन्त्रालयले १७ फागुन २०८२ मा पश्चिम एसिया तथा खाडी क्षेत्रका साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र…