विदेशी मुद्रा सञ्चिति नयाँ उचाइमा, २२ खर्ब ७३ अर्ब नाघ्यो

२६ पुस, काठमाडौं – नेपालमा विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड कायम गरेको छ। गत मंसिर मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यसअघि असार मसान्तमा कुल सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार, विदेशी मुद्रा सञ्चिति असारको तुलनामा करिब ११.५ प्रतिशतले वृद्धि भएको हो।

अमेरिकी डलरको आधारमा हेर्दा, २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको सञ्चिति मंसिर मसान्तसम्ममा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदनमा यो तथ्यांक उल्लेख गरिएको छ।

१७.६ महिनाको आयात धान्न पर्याप्त

आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १७.६ महिनासम्मको वस्तु आयात र १४.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षमा कम्तीमा ६ महिनाको आयात धान्न पुग्ने सञ्चिति कायम राख्ने लक्ष्य राखिएकोमा यो लक्ष्यलाई सहजै पूरा गर्न सकिने देखिएको छ।

विदेशी मुद्रा सञ्चितिको अनुपात

२०८१ मंसिर मसान्तसम्मको तथ्यांकअनुसार, विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३९.८ प्रतिशत, कुल आयातको १२१.६ प्रतिशत र विस्तृत मुद्राप्रदाय (एम२)को ३१.६ प्रतिशत रहेको छ।

विदेशी मुद्रा सञ्चितिमा देखिएको निरन्तर सुधारले मुलुकको वित्तीय स्थायित्वमा सकारात्मक प्रभाव पार्ने र आयात व्यवस्थापनमा सहजता ल्याउने राष्ट्र बैंकको धारणा छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बत...
जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई ...
वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपर...
सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन चैत २७ गते हुने तय गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामु...