८ कात्तिक, काठमाडौं – साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराउदै समूह विजेता बनेको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो ।
पहिलो हाफ हुनुअघि ४ गोल गरेको नेपालले त्यसपछि २ गोल थपेको थियो। नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन् भने साबित्रा भण्डारी र सविता राना मगरले एक-एक गोल गरे । रेखाले १३ र ३६औं मिनेटमा गोल गरिन् भने सविताले ८ र सबित्राले १२औं मिनेटमा गोल गरे।
त्यस्तै ४६ मिनेटमा अमिसा कार्कीले १ र अतिरिक्त समयमा रश्मी कुमारी घिसिङले १ गोल थपेका थिए । जितसँगै नेपाल समूह विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।