२०८१ कार्तिक ८
२०८१ कार्तिक ८
८ कात्तिक, काठमाडौं - साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराउदै समूह विजेता बनेको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो । पहिलो हाफ हुनुअघि ४ गोल गरेको नेपालले त्यसपछि २ गोल थपेको थियो। नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन् भने साबित्रा भण्डारी र सविता राना मगरले एक-एक गोल गरे । रेखाले १३ र ३६औं मिनेटमा गोल गरिन् भने सविताले ८ र सबित्राले १२औं मिनेटमा गोल गरे। त्यस्तै ४६ मिनेटमा अमिसा कार्कीले १ र अतिरिक्त समयमा रश्मी कुमारी…