३ वैशाख, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जिम्मेवारी सम्हालेपछि पहिलोपटक आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक गर्न लागेका छन्।
यो बैठक सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे आयोजना हुने तय गरिएको छ।
बैठकमा विशेष गरी विकास निर्माणका कामलाई तीव्र बनाउने, उपलब्ध स्रोत–साधनको न्यायोचित वितरण गर्ने तथा प्रदेश तहमा देखिएका प्रशासनिक र आर्थिक समस्याहरूको समाधान खोज्ने विषयमा छलफल गरिनेछ।
त्यसैगरी, राष्ट्रिय प्राथमिकतामा परेका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई कसरी अझ मजबुत बनाउने भन्ने विषय पनि मुख्य एजेन्डामा पर्नेछ।
यससँगै देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विस्तार, सेवा प्रवाहमा सुधार ल्याउने उपाय र सुशासन कायम गर्ने विषयमा साझा समझदारी बनाउने प्रयास गरिने अपेक्षा गरिएको छ।
यो बैठकलाई संघीय संरचनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै जनतासम्म प्रत्यक्ष लाभ पुर्याउने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।



