सरकारले खोल्यो वैदेशिक रोजगारीको ढोका, ४ देशमा पुनः अनुमति

२ वैशाख, काठमाडौं — सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वका कारण यसअघि स्थगित गरिएको पुनः श्रम स्वीकृति अब पुनः सञ्चालनमा ल्याइएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३१ चैत २०८२ मा गरेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरिएको हो।

इराकका सम्बन्धमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिने वैदेशिक रोजगार विभागले जनाएको छ।

यसअघि मन्त्रालयले १७ फागुन २०८२ मा पश्चिम एसिया तथा खाडी क्षेत्रका साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको थियो।

इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको थियो।

यसअघि ३ चैत २०८२ मा साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो।

परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ERT) को सिफारिसपछि बाँकी देशहरूमा पनि पुनः श्रम स्वीकृति खुला गरिएको हो। यद्यपि, नयाँ श्रम स्वीकृति भने ती देशहरूको अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्रै दिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

३ वैशाख, काठमाडौं — थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसोबास गरिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी ...
बालेनको नेतृत्वमा मुख्यमन्त्रीहरूसँग पहिलो समन्वय बैठक

बालेनको नेतृत्वमा मुख्यमन्त्रीहरूसँग पहिलो समन्वय बैठक

३ वैशाख, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जिम्मेवारी सम्हालेपछि पहिलोपटक आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बै...
कार्की आयोग प्रतिवेदनबारे आज कांग्रेसको निर्णायक छलफल

कार्की आयोग प्रतिवेदनबारे आज कांग्रेसको निर्णायक छलफल

२ वैशाख, काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी सभापति गगन थापाको अध्यक्षतामा सानेपा...
सरकारले खोल्यो वैदेशिक रोजगारीको ढोका, ४ देशमा पुनः अनुमति

सरकारले खोल्यो वैदेशिक रोजगारीको ढोका, ४ देशमा पुनः अनुमति

२ वैशाख, काठमाडौं — सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। इजरायल, अमेरिका र इरानबीचको द्वन्द्...