२०८३ बैशाख २
२०८३ बैशाख २
२ वैशाख, काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी सभापति गगन थापाको अध्यक्षतामा सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो सवा दुई बजेबाट बैठक सुरु भएको हो। यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो, जसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ। उनलाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ। आजकै कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि अध्ययन गरेर तयार पारेको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अध्ययन गरी सुझावसहितको प्रतिवेदन…