कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

३ वैशाख, काठमाडौं — थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसोबास गरिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरेको छ। राजदूतावासका अनुसार, ती नागरिकहरूलाई ३० चैत र १ वैशाखका दिन कम्बोडियाबाट उद्धार गरी नेपाल पठाइएको हो। प्रलोभनमा परी विभिन्न माध्यममार्फत कम्बोडिया पुगेका उनीहरू अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने अनलाइन ठगीलगायत अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको तथा कतिपय बिनाभिसा बसिरहेको अवस्थामा फेला परेका थिए। राजदूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपाली नागरिकहरूको उद्धार गरी स्वदेश फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ। दूतावासका अनुसार, त्यहाँ नेपालीहरूलाई अनलाइन ठगीलगायत गैरकानुनी कार्यमा संलग्न गराइएको तथा भिसा बिना वा…
Read More
बालेनको नेतृत्वमा मुख्यमन्त्रीहरूसँग पहिलो समन्वय बैठक

बालेनको नेतृत्वमा मुख्यमन्त्रीहरूसँग पहिलो समन्वय बैठक

३ वैशाख, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जिम्मेवारी सम्हालेपछि पहिलोपटक आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक गर्न लागेका छन्। यो बैठक सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे आयोजना हुने तय गरिएको छ। बैठकमा विशेष गरी विकास निर्माणका कामलाई तीव्र बनाउने, उपलब्ध स्रोत–साधनको न्यायोचित वितरण गर्ने तथा प्रदेश तहमा देखिएका प्रशासनिक र आर्थिक समस्याहरूको समाधान खोज्ने विषयमा छलफल गरिनेछ। त्यसैगरी, राष्ट्रिय प्राथमिकतामा परेका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई कसरी अझ मजबुत बनाउने भन्ने विषय पनि मुख्य एजेन्डामा पर्नेछ। यससँगै देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विस्तार, सेवा प्रवाहमा सुधार ल्याउने उपाय र सुशासन कायम…
Read More