कर दर हेरफेर विवादमा राप्रपाले पनि माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

२६ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्था फेरबदल गरिएको विवादका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ।

प्रतिनिधिसभामा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले घटनाबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले पदबाट अलग हुनुपर्ने धारणा राखिन्।

‘नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ,’ ओलीले भनिन्।

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकको १६ पृष्ठ हटाएर अर्थ मन्त्रालयले संशोधित स्वरूपमा आफ्नो वेबसाइटमा प्रकाशित गरेपछि सरकारको आलोचना भइरहेको छ। संसद्मा पेश गरिएको आर्थिक विधेयक ४६४ पृष्ठको रहेकामा पछि मन्त्रालयको वेबसाइटमा राखिएको संस्करण ४४८ पृष्ठको देखिएको छ।

विवादको मुख्य विषय करसम्बन्धी व्यवस्थामा देखिएको भिन्नता हो। संसद्मा पेश गरिएको र पछि वेबसाइटमा सार्वजनिक गरिएको विधेयकका करसम्बन्धी प्रावधानहरू फरक रहेको भन्दै प्रश्न उठाइएको छ।

संसदीय प्रक्रियाका जानकारहरूका अनुसार संसद्मा दर्ता भइसकेको विधेयकमा संशोधन गर्न संसद्को स्वीकृति अनिवार्य हुन्छ। विधेयकमा परिवर्तन गर्नुपरे पहिले संसद्मै संशोधन प्रस्ताव पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको उनीहरूको भनाइ छ।

यसअघि श्रम संस्कृति पार्टीले पनि यही विषयलाई लिएर अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेको थियो। अब राप्रपाले समेत राजीनामाको माग गरेपछि कर दर हेरफेरसम्बन्धी विवाद थप राजनीतिक बनेको छ।

विपक्षी दलहरूले घटनाको संसदीय वा स्वतन्त्र छानबिन हुनुपर्ने माग गरिरहेका छन् भने सरकारले यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्का...
प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

२८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशन निष्...
कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

२८ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती ...
खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आयातित सवारीसाधनमा भन्सार दरको दुरुपयोग गरी ...