२०८३ जेष्ठ २६
२०८३ जेष्ठ २६
२६ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्था फेरबदल गरिएको विवादका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। प्रतिनिधिसभामा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले घटनाबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले पदबाट अलग हुनुपर्ने धारणा राखिन्। ‘नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ,’ ओलीले भनिन्। संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकको १६ पृष्ठ हटाएर अर्थ मन्त्रालयले संशोधित स्वरूपमा आफ्नो वेबसाइटमा प्रकाशित गरेपछि सरकारको आलोचना भइरहेको छ। संसद्मा पेश गरिएको आर्थिक विधेयक ४६४ पृष्ठको रहेकामा पछि मन्त्रालयको वेबसाइटमा राखिएको संस्करण ४४८ पृष्ठको देखिएको छ। विवादको मुख्य विषय करसम्बन्धी व्यवस्थामा…