सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस

२६ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।

गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको जनाइएको छ।

यसअघि गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। तर, सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए।

उनीसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो। अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले गत शुक्रबार प्रधानमन्त्री शाहलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन ग्रहण गरेको छ। त्यसपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको हो।

यसैगरी, प्रधानमन्त्री शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।

गुरुङ र पुन दुवैले आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै सरकारले गृह मन्त्रालय र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्वमा नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्का...
प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

२८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशन निष्...
कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

२८ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती ...
खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आयातित सवारीसाधनमा भन्सार दरको दुरुपयोग गरी ...