ग्वार्को दुर्घटनामा एकको मृत्यु, घाइतेहरूको उपचार जारी

Advertisement

२१ साउन, काठमाडौं — ललितपुरको ग्वार्कोमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको मृत्यु भएको हो। बिहीबार बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस चालक काभ्रेको तिमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्दै आएका ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिइएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको बी एन्ड बी अस्पताल र अन्यको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ।

बी एन्ड बी अस्पतालमा उपचाररत

१. सुन्निमा योन्जन (२३) – रामेछाप घर, हाल भक्तपुर सूर्यविनायक। अवस्था : शरीरको भित्री भागमा चोट, गम्भीर।

२. तुल्सी धानुक (२४) – कञ्चनपुर घर, हाल भक्तपुर। अवस्था : सामान्य।

३. कविता कार्की (४०) – भक्तपुर। अवस्था : टाउकोमा चोट।

४. जेनिशा लामा (४०) – दोलखा, सैलुङ गाउँपालिका घर, हाल भक्तपुर सूर्यविनायक। अवस्था : मृत्यु।

५. धनकुमार ढोङ (३३) – सिन्धुली, मरिण गाउँपालिका–३ घर, हाल भक्तपुर। अवस्था : बायाँ खुट्टामा सामान्य चोट।

६. लक्ष्मी श्रेष्ठ (३७) – भक्तपुर, ठिमी नगरपालिका–६। अवस्था : बायाँ हात र कम्मरमा सामान्य चोट।

७. रशिला दुलाल (२४) – भक्तपुर, चाँगुनारायण नगरपालिका–७, सरस्वतीखेल। अवस्था : कम्मरमा सामान्य चोट।

८. कृष्णराम थापा (६०) – भक्तपुर, सरस्वतीखेल। (सहचालक) अवस्था : बायाँ खुट्टा फ्र्याक्चर, गम्भीर।

९. अमृता कार्की (४१) – काभ्रे, बनेपा–१४ घर, हाल भक्तपुर सरस्वतीखेल। अवस्था : दायाँ हातको पाखुरा र दायाँ कम्मरमा सामान्य चोट।

१०. कविता केसी (४०) – ललितपुर, महालक्ष्मी नगरपालिका–५। अवस्था : टाउकोमा सामान्य चोट।

ग्लोबल अस्पतालमा उपचाररत

१. विवेक दाहाल (२४) – दोलखा घर, हाल भक्तपुर सूर्यविनायक।

२. भगवती खत्री (१९) – सिन्धुली घर, हाल भक्तपुर सूर्यविनायक।

३. भगवती खत्री (४७) – भक्तपुर, मिलनचोक।

४. जुनु शिल्पकार (२८) – भक्तपुर।

५. तुल्सीदेवी खड्का (४९) – ललितपुर, महालक्ष्मीस्थान।

६. अन्जु साह (२१) – महोत्तरी घर, हाल भक्तपुर गठ्ठाघर।

७. आशुतोष श्रेष्ठ (२७) – काठमाडौं, ठमेल घर, हाल भक्तपुर सूर्यविनायक।

८. स्तर देउजा (३६) – सिन्धुपाल्चोक घर, हाल ललितपुर भैँसेपाटी।

९. मोहम्मद समिम (४५) – भारत घर, हाल भक्तपुर कौशलटार।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

Comment maximiser vos gains et bénéficier pleinement du Casino Glorion sur internet.

Explorez comment améliorer votre expérience de jeu sur casino glorion grâce à des stratégies éprouvées et des conseils d'experts a...
कांग्रेस बैठकका ६ एजेन्डा तय, प्रत्येक सदस्यलाई पाँच मिनेट समय

कांग्रेस बैठकका ६ एजेन्डा तय, प्रत्येक सदस्यलाई पाँच मिनेट समय

८ मंसिर, काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विभिन्...

تحميل برنامج 1xbet القديم: دليل التحقق من الحساب

تحميل برنامج 1xbet القديم: دليل عملي للمستخدمين في الإمارات لماذا يفضل المستخدمون تحميل برنامج 1xbet القديم؟ كثير من اللاعبين ف...

دليل 1xBet 2024: طرق الدفع السريعة في الإمارات

دليلك العملي لـ 1xBet 2024 في الإمارات ما يميز 1xBet في عام 2024 مع التطورات التقنية المتسارعة، جاءت نسخة 2024 من 1x...