२०८३ श्रावण २१
२०८३ श्रावण २१
२१ साउन, काठमाडौं — ललितपुरको ग्वार्कोमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको मृत्यु भएको हो। बिहीबार बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस चालक काभ्रेको तिमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्दै आएका ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा घाइते भएकामध्ये केहीको बी एन्ड बी अस्पताल र अन्यको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। बी एन्ड बी अस्पतालमा उपचाररत…