तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने

१२ असोज, काठमाडौं – तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए ।

‘आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ’, उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ ।

‘बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ’, पराजुलीले भने, ‘पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।’

नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिनेछ ।

शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ । नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् ।

पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् । समग्रतामा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ । ‘कहीँ त्यो भन्दा बढी र कहीँ दुई सय मिलिमिटरसम्म वर्षा भएको छ’, प्रमुख पराजुलीले भने ।

चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...