१० मंसिर, काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति पौडेलसँग भेटका लागि सभापति लामिछाने शुक्रबार शीतल निवास पुगेका हुन्।
त्यसअघि बिहीबार लामिछानेको निवासमा उनी र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच पाँच घण्टा लामो छलफल भएको थियो।
राष्ट्रपति पौडेलसँगको भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले भने भारत भ्रमणमा जानुअघि राष्ट्रपति पौडेललाई भ्रमणबारे जानकारी गराएका थिएनन्। भारतबाट फर्किएपछि पनि उनले हालसम्म राष्ट्रपतिलाई भेटेर भ्रमणबारे जानकारी दिएका छैनन्।



