संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित

५ असार, काठमाडौं – संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित भएको छ ।

संघीय संसद्का कर्मचारीले अतिरिक्त समयमा काम गरेको सेवा सुविधा माग गर्दै गत जेठ २१ गतेदेखि आन्दोलनलाई जारी राखेकाले  बैठकको कामकारबाही अवरोध भएपछि स्थगित गरिएको हो ।

मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएका थिए । त्यसपछि सांसदहरूले पूरक प्रश्न सोध्ने क्रम सुरु भएको थियो । पूरक प्रश्न सोधिरहेको बेला संसद्का कर्मचारीले आन्दोलन गरी सदनको प्रत्यक्ष प्रशारण गर्ने क्यामेरा सभामुख देवराज घिमिरेतिर मात्रै सोझ्याएका थिए । प्रश्न सोध्ने सांसदहरूलाई भने प्रत्यक्ष प्रशारणमा देखाइएको थिएन ।

लामो समय सभामुख घिमिरेलाई मात्रै प्रत्यक्ष प्रशारणमा देखाएपछि सांसदहरूले प्रश्न गरेका थिए । कांग्रेस सांसद रामहरि खतिवडाले कर्मचारीले ‘ब्ल्याक आउट’ गरेको अवस्थामा सदनको कारबाही अगाडि बढाउन नहुने बताएका थिए ।

सभामुख घिमिरेले सांसदका पूरक प्रश्न नसकिँदै र मन्त्री यादवले जवाफ दिन नपाउँदै संसद्को बैठक स्थगित गरिदिएका हुन् । सभामुखले बिहीबार ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थित भएको जानकारी गराएका थिए ।

संघीय संसद्का कर्मचारीहरूले पछिल्लो समय तलब बृद्धि, आवास भत्ता, कार्यालय समयभन्दा बढी काम गरेको भत्तालगायतको माग गर्दै आएका छन् । सांसदहरूले भत्ता पाउने तर कर्मचारीले नपाउने भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...