सत्ता गठबन्धन तत्काल भत्किदैन: पुष्पकमल दाहाल

१८ जेठ, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन तत्काल नभत्किने बताएका छन् ।

बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखेका थिए ।

नेता नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा भएको बैठकमा सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने आफूसँग परामर्श गरेर नै नेता नेपाल बूढानीलकण्ठको छलफलमा गएको बताएका छन् । ‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न ।’

उनले बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएका छन् । अघिल्लो बजेट समाजवादउन्मुख बनाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक भएको छ । यसको डिफेन्ड गर्नुस् र कार्यान्वयनमा जोड दिनुस् ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...