२०८१ जेष्ठ १८
२०८१ जेष्ठ १८
१८ जेठ, काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेल/मट्टितेलको १ सय ५३ पर्नेछ । यसअघि पेट्रोलको १ सय ७१ र डिजेल/मट्टितेलको भाउ १ सय ५३ रुपैयाँ थियो । नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ ।