२० वाणिज्य बैंकका सीईओ अर्थ मन्त्रालयमा, अर्थमन्त्रीसँग बैठक

२० वाणिज्य बैंकका सीईओ अर्थ मन्त्रालयमा, अर्थमन्त्रीसँग बैठक

१९ साउन, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमा बैंकहरूको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्रीले सीईओहरूलाई छलफलका लागि बोलाएका हुन्। मन्त्रालयमा दिउँसो ३ बजे हुने बैठकमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुनेछन्।
Read More
‘पिक आवर’मा विद्युत् माग ३,२४८ मेगावाट पुग्यो

‘पिक आवर’मा विद्युत् माग ३,२४८ मेगावाट पुग्यो

११ साउन, काठमाडौं — नेपालमा विद्युत्को कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट प्रतिघण्टा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल भारतबाट कुनै पनि विद्युत् आयात गरिएको छैन। प्राधिकरणले अहिले २२ हजार १०२ मेगावाट प्रतिघण्टा विद्युत् निर्यात गरिरहेको जनाएको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उत्पादकहरूले ४७ हजार ५६३ मेगावाट प्रतिघण्टा विद्युत् आपूर्ति गरेका छन्। त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट १७ हजार १०८ मेगावाट प्रतिघण्टा र प्राधिकरणका आफ्नै आयोजनाबाट आठ हजार ९५९ मेगावाट प्रतिघण्टा बराबर विद्युत् उपलब्ध भएको छ। प्राधिकरणका अनुसार राष्ट्रिय विद्युत् माग ५१ हजार ५२७ मेगावाट प्रतिघण्टा रहेको छ। साँझको ‘पिक आवर’ अर्थात् उच्च खपत हुने समयमा अधिकतम माग तीन…
Read More
नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा राख्दै निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारसँग पुन संवाद र कानुनी निकासको याचना गरेको छ। विगतमा कार्यपालिका तहबाट भएका कानुनी र व्यावहारिक रूपमा प्रतिकूल निर्णयहरूलाई पुनरावलोकन गर्दै सम्बन्धित निकायलाई निर्देशन दिन एनसेलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक निवेदन बुझाएको छ। यसअघि गत २३ पुसमा पनि एनसेलले प्रधानमन्त्री कार्यालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणमा पुनरावलोकनका लागि निवेदन दिएको थियो। तर सरकारी स्तरबाट हालसम्म कुनै ठोस निर्णय वा निर्देशन प्राप्त नभएपछि कम्पनीले साविकको…
Read More
मिटरब्याज पीडितसँग सरकारको अन्तिम चरणको वार्ता जारी

मिटरब्याज पीडितसँग सरकारको अन्तिम चरणको वार्ता जारी

१ साउन, काठमाडौं — सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ। वार्ता सम्पन्न भएपछि दुवै पक्षबीच लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ। सिंहदरबारमा भइरहेको वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा सहभागी छन्। मिटरब्याज पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्। यसअघि बुधबार पनि प्रधानमन्त्री…
Read More
हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनालाई

हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनालाई

२८ असार, काठमाडौं — सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ। असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग सञ्चालनको जिम्मा सेनालाई दिने निर्णय गरेको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सरकारले सेनालाई तीन वटा जिम्मेवारी दिएको छ। पहिलो, उद्योगका मेसिनहरूको मर्मत–सम्भार गर्ने। दोस्रो, उत्पादन परीक्षणका लागि सम्भाव्यता अध्ययन तथा प्राविधिक प्रतिवेदन तयार गर्ने। तेस्रो, परीक्षण उत्पादन सुरु गर्ने। उनका अनुसार सबैभन्दा पहिले उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ। अध्ययनमा मेसिनहरूको अवस्था, प्रयोगयोग्यता, मर्मत गर्नुपर्ने मेसिन, त्यसका लागि लाग्ने समयलगायत विषय समेटिनेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको हेटौंडा कपडा उद्योगप्रति…
Read More
ट्राफिक प्रहरीको कडाइ, एक दिनमै १,५९२ सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीको कडाइ, एक दिनमै १,५९२ सवारीसाधन कारबाहीमा

१६ असार, काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती उल्लंघन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको छ। यस्तै, गाडीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लंघन गर्ने ५६ जना, एकतर्फी सडकमा…
Read More
सम्पत्ति शुद्धीकरण कानुन संशोधनका लागि विधेयक प्रतिनिधिसभामा

सम्पत्ति शुद्धीकरण कानुन संशोधनका लागि विधेयक प्रतिनिधिसभामा

१४ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको अनुमतिपछि अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनमा पेस गरेका हुन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ अनुसार विधेयक प्रस्तुत गर्न अनुमति मागिएको प्रस्तावमा कुनै पनि सांसदले विरोधको सूचना नदिएपछि सभामुखले विधेयक पेस गर्न अनुमति दिएका थिए। विधेयकको आवश्यकताबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) तथा मार्केट म्यानुपुलेसनजस्ता अपराध नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए। उनले मुद्रा, बैंकिङ,…
Read More
इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले विद्युतीय (इभी) गाडीमा कर छली भएको दाबी गर्दै त्यसबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्। शाहीले उक्त प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिको बैठकमै गलत जानकारी दिएको आरोप समेत लगाए। उनले गाडी नेपाल भित्रिनुअघि नै कसरी भन्सार जाँचपास भयो भन्ने प्रश्न उठाउँदै सरकारसँग जवाफ मागे। गत वर्ष पनि केही गाडीमा भन्सार छुट दिइएको विषयमा महालेखा परीक्षकको प्रतिवेदनले छानबिन गरी राजस्व असुल…
Read More
‘गल्ती भए सच्याउँछौं, तर भ्रम फैलाउन मिल्दैन’ : स्वर्णिम वाग्ले

‘गल्ती भए सच्याउँछौं, तर भ्रम फैलाउन मिल्दैन’ : स्वर्णिम वाग्ले

१७ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटबारे उठाइएका आलोचनाप्रति प्रतिक्रिया दिँदै केही पक्षले जानाजानी भ्रम फैलाएको आरोप लगाएका छन्। बजेटपछिको पत्रकार सम्मेलनमा उनले आलोचकलाई संकेत गर्दै “माया गर्ने, अतिरिक्त प्रेम गर्ने र अतिरिक्त प्रेम नगर्ने” समूहका रूपमा टिप्पणी गरेका थिए। पत्रकार सम्मेलनमा उनले धितोपत्र कारोबारमा लाग्ने पूँजीगत लाभकर अन्तिम (फाइनल) नै रहेको दाबी दोहोर्‍याए। बजेट भाषणमा पनि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा उल्लेख गरिएको थियो। तर आर्थिक विधेयक २०८३ मा गरिएको व्यवस्थाका कारण सेयर लगानीकर्ताबीच अन्योल बढेको भन्दै प्रश्न उठेपछि पनि अर्थमन्त्रीले आफ्नो अडान परिवर्तन गरेनन्। उनले लगानीकर्ताकै मागअनुसार पूँजीगत लाभकरको दर केही बढाएर अन्तिम करको व्यवस्था गरिएको…
Read More
सेयर बजारमा हरियाली, नेप्सेमा सुधार

सेयर बजारमा हरियाली, नेप्सेमा सुधार

८ जेठ, काठमाडौं — सेयर बजार मापक नेप्से परिसूचक बिहीबार १६.३८ अंकले बढेको छ । शून्य दशमलव ५९ प्रतिशतले वृद्धि भएपछि नेप्से परिसूचक २ हजार ७५८.४९ विन्दुमा पुगेको छ । आज कारोबारमा सहभागी कम्पनीहरूमध्ये २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । उपसमूहतर्फ हेर्दा व्यापार समूह मात्रै १६ अंकले घटेको छ । अन्य सबै उपसमूहमा वृद्धि देखिएको छ । आज कुल ५४ हजार ४९७ पटक सेयर किनबेच भएको छ । यस क्रममा ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल १…
Read More