सरकार व्यापारी वा उद्योगपति बन्नुहुन्न: शेरबहादुर देउवा

९ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको मुख्य भूमिका व्यवस्थापक र संयोजकको हुनुपर्ने भन्दै व्यापार र उद्योगमा संलग्न नहुने स्पष्ट पारेका छन्।

बुधबार सानेपामा आयोजित कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित गोष्ठीमा बोल्दै देउवाले भने, “व्यापार गर्ने काम व्यापारीको हो, उद्योग खोल्ने जिम्मा उद्योगपतिको हो। सरकार व्यापार वा उद्योगमा प्रत्यक्ष रूपमा संलग्न हुनु उचित होइन। गिरिजाबाबुले निजीकरण गर्दा धेरै विरोध भयो, तर त्यो निर्णय सही थियो।”

एमसिसी सम्झौता संसदबाट पारित गर्दा भएका विवादको स्मरण गर्दै देउवाले अहिले त्यसले नेपालको विकासमा सकारात्मक योगदान दिएको बताए। उनले भने, “एमसिसी पास गर्दा विरोध भयो, तर अहिले हेर्दा थाहा हुन्छ, त्यो नेपालका लागि फाइदाजनक छ। यो अनुदान हो, ऋण होइन।”

देशलाई ऋणको जालमा पार्न नहुनेमा पनि देउवाले जोड दिए। “ऋण लिनु सही हो कि होइन भन्ने बहस भइरहन्छ। तर सही उपयोग गर्न सके ऋणले पनि फाइदा दिन्छ,” उनले भने।

सभापति देउवाले वैदेशिक सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्दै देशको दीर्घकालीन विकासका लागि उपयोग गर्नुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...