२०८१ माघ ९
२०८१ माघ ९
९ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको मुख्य भूमिका व्यवस्थापक र संयोजकको हुनुपर्ने भन्दै व्यापार र उद्योगमा संलग्न नहुने स्पष्ट पारेका छन्। बुधबार सानेपामा आयोजित कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित गोष्ठीमा बोल्दै देउवाले भने, “व्यापार गर्ने काम व्यापारीको हो, उद्योग खोल्ने जिम्मा उद्योगपतिको हो। सरकार व्यापार वा उद्योगमा प्रत्यक्ष रूपमा संलग्न हुनु उचित होइन। गिरिजाबाबुले निजीकरण गर्दा धेरै विरोध भयो, तर त्यो निर्णय सही थियो।” एमसिसी सम्झौता संसदबाट पारित गर्दा भएका विवादको स्मरण गर्दै देउवाले अहिले त्यसले नेपालको विकासमा सकारात्मक योगदान दिएको बताए। उनले भने, “एमसिसी पास गर्दा विरोध भयो, तर अहिले हेर्दा थाहा हुन्छ,…