२०८१ बैशाख २९
२०८१ बैशाख २९
२९ बैशाख, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन्। एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आज आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न नसकेको बताएका हुन्। ‘विकासका कुरा कतिले बुझ्दैनन्। कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन्। यो जरुरी छैन भन्ठान्छन्। यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,’ उनले भने, ‘तर पनि हामीले काम गरिरहेका छौँ। अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ।’ उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे। अध्यक्ष ओलीले…