२०८१ श्रावण ८
२०८१ श्रावण ८
८ साउन, काठमाडौं - नेपाली कांग्रेस संसदीय दल नेता बहादुरसिंह लामा तामाङ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निकट लामाले प्रदेशसभामा निर्वाचित भएको पहिलो पटकमै ०७९ चैत २६ मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।