२०८२ चैत्र १६
२०८२ चैत्र १६
१६ चैत, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका विभिन्न क्षेत्रका समस्या र विकासका एजेन्डाबारे प्रत्यक्ष संवाद थाल्नुभएको छ। यसै सिलसिलामा सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नुभएको छ। छलफलको मुख्य उद्देश्य कोशी प्रदेशका समसामयिक समस्याहरू बुझ्ने र त्यसको समाधानका लागि बजेट तथा प्राथमिकता निर्धारण गर्ने रहेको छ। के भयो छलफलमा? छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणी न्यौपानेका अनुसार, कोशी प्रदेशका सबै सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका विद्यमान समस्याबारे प्रधानमन्त्रीलाई विस्तृत ब्रिफिङ गरेका थिए। सांसद न्यौपानेले छलफलको सारबारे जानकारी दिँदै भन्नुभयो: "हामीले कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक…