सिंहदरवार प्रवेशमा ‘अघोषित’ कडाइ: पुराना पास खोस्दै प्रहरी, मन्त्रालयहरू नै बेखबर

सिंहदरवार प्रवेशमा ‘अघोषित’ कडाइ: पुराना पास खोस्दै प्रहरी, मन्त्रालयहरू नै बेखबर

१७ चैत, काठमाडौं — सरकारले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार प्रवेशमा एकाएक कडाइ गर्न थालेको छ। बिना कुनै औपचारिक सूचना सुरक्षाकर्मीले प्रवेशद्वारमै पुराना अस्थायी पासहरू जफत गर्न थालेपछि सर्वसाधारण र सरोकारवालाहरू अलमलमा परेका छन्। विगत लामो समयदेखि विभिन्न मन्त्रालयहरूले जारी गर्ने गरेका अस्थायी पासका आधारमा सिंहदरवार प्रवेश पाउँदै आएका आगन्तुकहरूलाई अहिले गेटमै रोक लगाइएको छ। "नयाँ पास जारी नहुञ्जेल पुराना पास चल्दैनन्" भन्दै गेटमा खटिएका प्रहरीले पुराना पासहरू लिने गरेका छन्। मन्त्रालयहरू भन्छन्  "हामीलाई जानकारी छैन" पास खारेजी र प्रवेशमा कडाइ गरिएको सम्बन्धमा सिंहदरवार भित्रका विभिन्न सरकारी निकाय र मन्त्रालयहरूसँग बुझ्दा उनीहरूले यसबारे कुनै लिखित जानकारी प्राप्त नभएको बताएका छन्।…
Read More
सरकारविरुद्ध एमाले आक्रामक, सडक संघर्षको तयारी

सरकारविरुद्ध एमाले आक्रामक, सडक संघर्षको तयारी

१७ चैत, काठमाडौं — नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारले फरक विचार राख्ने दल र नेताहरूलाई दबाबमा राख्ने निरंकुश शैली अपनाएको आरोप लगाएका छन्। मंगलबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रवृत्तिको सशक्त विरोध सडकबाटै गरिने चेतावनी दिए। सडक आन्दोलन कमजोर देखिएको भन्ने प्रश्नमा उनले आन्दोलन प्रारम्भिक चरणमा रहेको भन्दै शिवरात्रीमा मुढा बाल्ने उदाहरण प्रस्तुत गरे। उनका अनुसार अहिले आन्दोलनको सुरुआती अवस्था मात्र चलिरहेको छ। बस्नेतले यसअघि भ्रातृ तथा शुभेच्छुक संगठनहरू मात्रै सडकमा सक्रिय रहेको र हिजोदेखि पार्टी नै औपचारिक रूपमा आन्दोलनमा उत्रिएको जानकारी दिए। आफू आन्दोलनमा सक्रिय नभएको वा सडकमा देखिन डराएको भन्ने आरोपलाई उनले अस्वीकार…
Read More
सिंहदरबारमा सर्वदलीय छलफल, संसद् बैठकको तयारी

सिंहदरबारमा सर्वदलीय छलफल, संसद् बैठकको तयारी

१७ चैत, काठमाडौं — संघीय संसद्को अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाइएपछि आवश्यक तयारीका लागि सबै राजनीतिक दलसँग छलफल गर्न बैठक आयोजना गरिएको हो। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको छ। उक्त बैठकले सभामुख चयन प्रक्रिया अगाडि बढाउनेछ। साथै, दलहरूबीच सहमति भएमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सम्भावना पनि रहेको छ। यसअघि तयारीस्वरूप बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा सर्वदलीय बैठक बस्नेछ, जहाँ विभिन्न दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्। नयाँ प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा…
Read More
१५औं महाधिवेशनको तयारीमा कांग्रेसइतर समूहको छलफल

१५औं महाधिवेशनको तयारीमा कांग्रेसइतर समूहको छलफल

१७ चैत,  काठमाडौँ — नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)बाट सुरू हुँदैछ। पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सहभागितामा बैठक बस्न लागेको हो। धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे सुरु हुने यो दुई दिने बैठकका लागि संस्थापनइतर समूहले तीन वटा मुख्य एजेन्डा तय गरेको छ। बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम, १५औं महाधिवेशनको कार्यतालिका, साथै महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल गरिनेछ। १७ चैतमा बस्ने यस बैठकमा केन्द्रीय सदस्यहरूको उपस्थिति रहनेछ भने नेताहरू बैठक स्थलमा आउनेक्रम जारी रहेको जनाइएको छ। निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार पनि यही तीन एजेन्डामा केन्द्रित…
Read More