कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

१२ साउन, काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो। गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको निधन भएको पुष्टि गरेका छन्। उनका अनुसार बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म गोपालमान श्रेष्ठको पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि शवयात्रासहित पार्थिव शरीरलाई पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। यसअघि कांग्रेस सभापति गगन थापाले साउन ७ गते गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए।
Read More
हुलाकदेखि इन्टरनेटसम्म, विदेशस्थित नेपालीका लागि पाँच मतदान प्रणाली प्रस्ताव

हुलाकदेखि इन्टरनेटसम्म, विदेशस्थित नेपालीका लागि पाँच मतदान प्रणाली प्रस्ताव

१२ साउन, काठमाडौं — प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न पाँच सम्भावित मतदान प्रणाली प्रस्ताव गरेका छन्। संसदीय सुनुवाइ समितिमा मंगलबार भएको सुनुवाइका क्रममा प्रस्तुतीकरण गर्दै वाग्लेले विदेशमा रहेका नेपालीका लागि ‘आउट अफ कन्ट्री (ओभरसिज) भोटिङ’ लागू गर्न सकिने पाँच मोडल सार्वजनिक गरेका हुन्। निर्वाचन आयोगबाट उपन्यायाधिवक्ताका रूपमा अवकाश पाएका वाग्लेले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले प्रारम्भिक चरणमा मिश्रित (हाइब्रिड) मतदान प्रणाली लागू गर्नु उपयुक्त हुने धारणा पनि राखे। उनले प्रस्ताव गरेका पाँच मतदान मोडल यसप्रकार छन्– १. मतपेटिकामार्फत मतदान यस प्रणालीमा मतदाताले आफू रहेको…
Read More
नारायणी अस्पतालको सेवा ठप्प, चिकित्सकको सामूहिक राजीनामा

नारायणी अस्पतालको सेवा ठप्प, चिकित्सकको सामूहिक राजीनामा

१२ साउन, काठमाडौं — वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथि भएको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका छन्। नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये झन्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताएका छन्। चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालको आकस्मिक सेवा पनि प्रभावित भएको छ। डा. सिंहका अनुसार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू…
Read More