रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बताएका छन्। हाजिरी जमानिमा रिहा भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत १३ दिनसम्म आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उल्लेख गरेका छन्। उनले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएर आफूलाई हिरासतमा राखिएको आरोप लगाउँदै अन्ततः प्रमाण अभावका कारण रिहा हुनुपरेको बताएका छन्। ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल तथा नेता, र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गरेका छन्। साथै, आदेश जारी गर्ने सर्वोच्च अदालतप्रति पनि सम्मान…
Read More
जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई जिम्मा जमानीमा छाड्ने प्रक्रिया अघि बढाइएको छ। सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा रिहा गर्ने सम्बन्धी कागजात प्राप्त भइसकेपछि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो। काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई रिहा गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुन्डुस्थित निवासबाट पक्राउ गरेको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि उनी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। यसैबीच, ओलीकी पत्नी राधिका तथा लेखककी पत्नी यशोदाले आफ्ना पतिलाई गैरकानुनी रूपमा हिरासतमा…
Read More
वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा सडक हिलो र अत्यधिक चिप्लो बनेपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको हो। दाउन्ने क्षेत्रको घिउखोला र विश्वकर्मा मन्दिर आसपास वर्षाका कारण सडक बिग्रिएर सवारीसाधन फसेपछि यातायात सञ्चालन रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। बुधबार दिउँसोदेखि लगातार परेको पानीका कारण सडकको अवस्था झन् बिग्रिएको छ, जसले गर्दा सवारीसाधन चिप्लिने र जाम हुने समस्या बढेको छ। उनका अनुसार, लगातार सिमसिम पानी परिरहेकाले दाउन्ने उकालोमा सवारीसाधन सञ्चालन…
Read More