भिजिट भिसा तस्करीमा सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

२५ मंसिर, काठमाडौं — भिजिट भिसा तस्करीमार्फत यात्रुबाट अवैध रूपमा रकम असुलेको आरोपमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

यस प्रकरणमा सहसचिव भट्टराईलाई ७ जेठ २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी पक्राउ पर्दा विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत थिए। भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको दाबीमा आयोगले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो।

आयोगले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख रुपैयाँ बिगो दाबी गरेको छ भने शाखा अधिकृत अर्यालविरुद्ध ५ लाख बिगो तोकिएको छ। मुद्दामा समावेश अन्य चार जना बिचौलिया र भिसा प्रक्रियामा संलग्न व्यक्तिहरू रहेको अख्तियार स्रोतले जनाएको छ।

यो प्रकरण नयाँ होइन। भिजिट भिसामा विदेश जाने सर्वसाधारणबाट अध्यागमन अधिकृतहरूले रकम असुल्ने चलन वर्षौँदेखि जारी रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले १० माघ २०८० मा विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते मुद्दा दायर गरेको थियो। तर करीब एक वर्षपछि १४ मंसिर २०८१ मा काठमाडौँ जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्र दोषी ठहर गरेको थियो।

नयाँ मुद्दा दायरसँगै भिजिट भिसा तस्करी प्रकरण फेरि एकपटक न्यायिक प्रक्रियाको केन्द्रमा आएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...
प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...