अमेरिकाको हस्तक्षेपपछि भेनेजुएलाको कार्यकारी नेतृत्व रोड्रिगेजको हातमा

२० पुस, काठमाडौं — भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि रोड्रिगेजले उक्त जिम्मेवारी सम्हालेकी हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिन आवश्यक भएको जनाएको थियो ।

अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै, भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार सञ्चालन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा काराकसमा भएको हो । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए । उनले १९७० को दशकमा ‘लीगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए ।

कानूनमा स्नातक गरेकी रोड्रिगेज पेशाले अधिवक्ता पनि हुन् । उनी लामो समयदेखि मादुरो सरकारसँग नजिक रहेर काम गर्दै आएकी छन् । यसअघि उनले पूर्वराष्ट्रपति ह्युगो चावेजको समर्थनमा पनि काम गरिसकेकी छन् ।

रोड्रिगेजले २०१३–२०१४ मा सञ्चार तथा सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री तथा २०१७ मा सरकार समर्थित संविधान सभाको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् । २०१८ को जुनमा उनी भेनेजुएलाको उपराष्ट्रपतिमा नियुक्त भएकी हुन् ।

उपराष्ट्रपतिका रूपमा उनले देशका आर्थिक तथा राजनीतिक निर्णयहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । सन् २०२४ को अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धका बीच भेनेजुएलाको ऊर्जा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अवसर दिएको थियो ।

उपराष्ट्रपतिका हैसियतमा रोड्रिगेजले विभिन्न मन्त्रालय र आर्थिक नीतिहरू सम्हाल्दै देशको चरम महँगीको सामना गर्न प्रयास गरेकी छन् । धेरैले उनलाई मादुरोको विश्वासपात्र सहयोगी तथा सरकारको कडा समर्थकका रूपमा हेर्ने गरेका छन् ।

अमेरिकाले राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएपछि रोड्रिगेजले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न माग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

१० साउन, काठमाडौं — इरानमाथि लगातार १३ दिनसम्म हवाई आक्रमण गरेको अमेरिकाले शुक्रबार भने कुनै पनि सैन्य हमला गरेको छैन। यसअघि अमेर...
सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

१० साउन, काठमाडौं — धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्। प्रधानमन्त्री ...
नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...