कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

३ वैशाख, काठमाडौं — थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसोबास गरिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरेको छ।

राजदूतावासका अनुसार, ती नागरिकहरूलाई ३० चैत र १ वैशाखका दिन कम्बोडियाबाट उद्धार गरी नेपाल पठाइएको हो।

प्रलोभनमा परी विभिन्न माध्यममार्फत कम्बोडिया पुगेका उनीहरू अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने अनलाइन ठगीलगायत अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको तथा कतिपय बिनाभिसा बसिरहेको अवस्थामा फेला परेका थिए।

राजदूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपाली नागरिकहरूको उद्धार गरी स्वदेश फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ। दूतावासका अनुसार, त्यहाँ नेपालीहरूलाई अनलाइन ठगीलगायत गैरकानुनी कार्यमा संलग्न गराइएको तथा भिसा बिना वा भिसा अवधिभन्दा बढी समय बसिरहेको सूचना प्राप्त भएको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा त्यहाँ जाने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएका थिए भने सन् २०२२ मा १९७७, सन् २०२३ मा २९४०, सन् २०२४ मा ६४०४ र सन् २०२५ मा ९६७६ जना पुगेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

१० साउन, काठमाडौं — इरानमाथि लगातार १३ दिनसम्म हवाई आक्रमण गरेको अमेरिकाले शुक्रबार भने कुनै पनि सैन्य हमला गरेको छैन। यसअघि अमेर...
सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

१० साउन, काठमाडौं — धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्। प्रधानमन्त्री ...
नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...