अब जोसुकैले दिन सक्छ योजना, रास्वपाको नयाँ घोषणा

६ वैशाख, काठमाडौं — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक सार्वजनिक रूपमा विज्ञ र योजनाहरू आह्वान गर्ने तयारी गरेको छ।

पार्टीका सहप्रवक्ता विपिनकुमार आचार्यका अनुसार आइतबार बस्ने सचिवालय बैठकले यस सम्बन्धी प्रारूप र कार्यविधि तय गर्नेछ।

सरकारले आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। त्यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ। सोही प्रक्रियालाई ध्यानमा राख्दै रास्वपाले बजेट अघि नै विज्ञ तथा योजनाहरू आह्वान गर्ने योजना बनाएको हो।

हालसम्म यस प्रकारले खुला रूपमा विज्ञ तथा योजनाहरू माग गर्ने अभ्यास नभएको उल्लेख गर्दै रास्वपाले नयाँ अभ्यास सुरु गर्न लागेको जनाएको छ। पार्टीको योजनाअनुसार पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, उद्यमशीलता र उत्पादनलगायत विभिन्न क्षेत्रमा व्यक्ति वा संस्थाले आफ्ना योजना प्रस्तुत गर्न सक्नेछन्।

देश विकासमा व्यक्तिको सोच, योजना र दृष्टिकोणलाई समेत समेट्ने उद्देश्यले यस्तो अभ्यास सुरु गर्न लागिएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

काठमाडौं, असार १० — ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कं...
नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

काठमाडौं, असार ९ — नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्डले विश्वकपमा देशको प्रतिनिधित्व गर्दै गोल गर्न पाउनु आफ्नो करिअरकै विशेष ...
९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

काठमाडौं, असार ८ — विश्वकप फुटबलमा इजिप्टले आफ्नो इतिहासकै पहिलो जित दर्ता गरेको छ। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले ...
बन्द सत्र ढिलाइ हुँदा रास्वपा महाधिवेशनको अवधि बढ्ने संकेत

बन्द सत्र ढिलाइ हुँदा रास्वपा महाधिवेशनको अवधि बढ्ने संकेत

काठमाडौं, असार ८ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ। बन्द स...