सरकारलाई सतर्क रहन प्रचण्डको सुझाव

३ जेठ, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही दिशामा अगाडि नबढिरहेको बताएका छन् । आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमाथि विभिन्न प्रश्न र आशंकाहरू उठिरहेको भन्दै अहिलेको अवस्थामा समर्थन गर्न नसकिने बताएका हुन् ।

उनले सुकुम्बासी समस्या अझै समाधान हुन नसकेको र त्यो अहिले पनि गम्भीर विषयकै रूपमा रहेको बताए । साथै ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित मुद्दाहरू पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

प्रचण्डले संविधान संशोधनका लागि सरकारले तयार गर्ने भनिएको बहसपत्र पनि स्पष्ट र पारदर्शी ढंगले अगाडि नआएको बताए । उनका अनुसार यो विषय अहिले गम्भीर छलफलको विषय बनेको छ ।

उनले अध्यादेश ल्याउने लगायतका गतिविधिले वर्तमान बालेन शाह नेतृत्वको सरकारको नियतप्रति पनि प्रश्न उठेको बताए ।

‘सरकार आफैंले संसद बोलाउने, झन्डै दुईतिहाइ बहुमत पनि भएको अवस्थामा नियमित प्रक्रियाबाट विधेयक ल्याउन सकिन्छ । तर त्यो बाटो छोडेर संसदलाई छल्दै अध्यादेश ल्याउनु लाजमर्दो विषय हो,’ उनले भने, ‘यसको हामीले निरन्तर विरोध गर्दै आएका छौँ ।’

प्रचण्डले लोकतन्त्रलाई बलियो बनाउने, संविधानको रक्षा गर्ने र आवश्यक परिमार्जनका लागि सरकारले राम्रो काम गरे आफूहरूले रचनात्मक सहयोग गर्ने बताए ।

उनका अनुसार सुरुमा सरकारका केही काम र विषय ठीक रहेको जस्तो देखिए पनि पछिल्ला गतिविधिहरू हेर्दा समर्थन गर्न सकिने आधार नदेखिएको छ ।

‘बरु विरोध गर्नुपर्ने, प्रतिवाद गर्नुपर्ने र जनस्तरबाट पनि आवाज उठाउनुपर्ने विषयहरू बढ्दै गएका छन्,’ उनले भने, ‘मैले संसदमा पनि सरकारलाई सचेत हुन सुझाव दिएको छु ।’

उनले सरकार यी विषयमा गम्भीर नभए विभिन्न क्षेत्रबाट विरोध बढ्न सक्ने अवस्था आउने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

१५ साउन, काठमाडौं — सुनसरी घटनाको विषयलाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको उपस्थितिको मा...
प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

१५ साउन, काठमाडौं — मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले सरकारले गरेका सम्झौताहरू कार्यान्वयन गर्न आग्रह गर्दै ती सम्झौताहरू विग...
मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

१४ साउन, काठमाडौं — सिरहा जिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउ...
सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

१४ साउन, काठमाडौं — सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनक...