तेल आपूर्ति र युद्धबीचको नयाँ संकेत

६ जेठ, काठमाडौं — तेल बोकेका दुई चिनियाँ पानीजहाज बुधबार स्ट्रेट अफ हर्मुज पार गरेपछि अमेरिका–इरानबीचको युद्ध चाँडै अन्त्य हुन सक्ने आशा बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्ध ‘धेरै चाँडै’ अन्त्य हुन सक्ने बताएका थिए । त्यस्तै उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको जानकारी दिएका थिए ।

यहीबीच इराकी तेल बोकेका दुई चिनियाँ जहाज हर्मुजबाट बाहिरिएपछि युद्ध अन्त्यतर्फ जान सक्ने संकेत देखिएको रोयटर्सले जनाएको छ । यस सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको बताइएको छ ।

यसअघि ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमणको योजना वार्तालाई थप अवसर दिन भन्दै रोकिएको बताएका थिए ।

अमेरिकी अनलाइन माध्यम एक्सियससँग आइतबार भएको टेलिफोन कुराकानीमा उनले समय सीमित हुँदै गएको र इरानले अझ राम्रो प्रस्ताव नल्याए पहिलेभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।

त्यसपछि इरानले अमेरिकालाई संशोधित शान्ति प्रस्ताव पठाएको थियो । तर त्यस प्रस्तावमा के समावेश थियो भन्ने सार्वजनिक गरिएको छैन । ट्रम्पले भने उक्त प्रस्तावलाई पर्याप्त नभएको बताएका छन् ।

इरानको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाएपछि फेरि आक्रमण हुन सक्ने अनुमान गरिएको थियो । तर साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (युएई) को आग्रहपछि उक्त योजना तत्कालका लागि रोकिएको ट्रम्पले बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै कतारका अमिर, साउदी अरबका क्राउन प्रिन्स र युएईका राष्ट्रपतिले इरानमाथिको योजनाबद्ध सैन्य कारबाही रोक्न अनुरोध गरेको उल्लेख गरेका छन् ।

उनका अनुसार अहिले गम्भीर वार्ता चलिरहेको छ र अमेरिका तथा मध्यपूर्वसहित अन्य देशहरूलाई स्वीकार्य हुने सहमति सम्भव रहेको जानकारी अरब नेताहरूले दिएका छन् ।

ट्रम्पले आफू सैन्य कारबाही गर्ने निर्णयबाट एक घण्टा मात्र टाढा रहेको पनि बताएका छन् ।

इरानले आवश्यक लचकता नदेखाए सैन्य विकल्पबारे पनि विचार भइरहेको जनाइएको छ । यसैबीच ट्रम्पले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि इरानको अवस्थाबारे छलफल गरेका थिए ।

युद्ध सुरु भएपछि इरानले आफ्नो नजिकको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज बन्द गरेको बताइएको छ ।

विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले यसमा अवरोध हुँदा तेल आपूर्ति प्रभावित भएको छ । जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको र विश्व अर्थतन्त्रमा समेत असर परेको बताइएको छ ।

सुरुआती चरणमा इरानले आफ्ना तेलवाहक जहाज सञ्चालन गरिरहेको भए पनि अन्य देशका जहाजमाथि विभिन्न प्रतिबन्ध लगाएको थियो । केही जहाजलाई अतिरिक्त शुल्क लिएर सञ्चालन अनुमति दिइएको पनि उल्लेख गरिएको छ ।

यसका कारण युद्ध सुरु भएपछिको अवधिमा इरानको आम्दानी बढेको बताइएको छ ।

तर पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि ट्रम्पले पनि हर्मुज क्षेत्रमा इरानमाथि नाकाबन्दी लगाएको उल्लेख गरिएको छ । त्यसपछि उक्त मार्ग लगभग ठप्प भएको बताइएको छ ।

यसअघि हर्मुज पार गरिसकेका जहाजले बोकेको तेल अहिले आपूर्ति भइरहेको भए पनि अवस्था लामो समयसम्म कायम रहे तेल संकट थप गम्भीर बन्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

१० साउन, काठमाडौं — इरानमाथि लगातार १३ दिनसम्म हवाई आक्रमण गरेको अमेरिकाले शुक्रबार भने कुनै पनि सैन्य हमला गरेको छैन। यसअघि अमेर...
सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

१० साउन, काठमाडौं — धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्। प्रधानमन्त्री ...
नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...