सदनप्रति प्रतिपक्षीले अपमान गरेको सभामुख अर्यालको टिप्पणी

२६ जेठ, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकका क्रममा विपक्षी सांसदहरूले गरेको मौनधारणलाई लिएर आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको सम्मानमा पाँच मिनेट मौनधारण गर्न आग्रह गरेका थिए। विपक्षी सांसदहरूले मौनधारण गरेलगत्तै सभामुख अर्यालले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

सभामुख अर्यालले सहिदहरूप्रति सम्मान व्यक्त गर्नु सबै सांसदहरूको साझा दायित्व भए पनि सभामुखले सञ्चालन गरिरहेको बैठकमा आफ्नै निर्णयबाट समय तोकेर कार्यक्रम सञ्चालन गर्नु संसदीय प्रक्रियाअनुकूल नभएको बताएका छन्।

‘सहिदहरूप्रति हामी सबै सम्मान व्यक्त गर्छौं र गरिरहन्छौं,’ सभामुखले भने, ‘तर प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेका बेला सदस्यहरूले आफ्नै विवेकले समय निर्धारण गरेर जुन प्रकारको गतिविधि गर्नुभयो, त्यसबाट सभाको मर्यादामा असर पुगेको छ। यसप्रति मेरो ध्यानाकर्षण भएको छ।’

सभामुखले बैठक सञ्चालनको अधिकार र प्रक्रिया संसदीय नियमअनुसार हुनुपर्ने उल्लेख गर्दै भविष्यमा यस्ता गतिविधि गर्दा संसदीय मर्यादा र प्रक्रियालाई ध्यान दिन आग्रह गरेका छन्।

विपक्षी सांसदहरूले भने सहिदहरूको सम्मानका लागि मौनधारण गरिएको बताएका थिए। तर उक्त घटनापछि सभामुख र प्रतिपक्षीबीच संसदीय आचरण तथा प्रक्रियाको विषयमा मतभेद देखिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्का...
प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

२८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशन निष्...
कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

२८ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती ...
खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आयातित सवारीसाधनमा भन्सार दरको दुरुपयोग गरी ...