प्रधानमन्त्री बालेन र रवि लामिछानेविरुद्ध एमालेको नियमापत्ति

३० असार, काठमाडौं — नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रममा नियमावली उल्लंघन भएको भन्दै सभामुखसँग रुलिङको माग गरेको छ।

प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) उल्लंघन भएको दाबी गरे।

उनका अनुसार उक्त व्यवस्थामा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नपाइने उल्लेख छ।

महरले राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो धारणा राखिरहेका बेला प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने सोही स्थानबाट हिँडेर प्रवेश गरेको भन्दै नियम उल्लंघन भएको बताए।

यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै उनले आवश्यक रुलिङ गर्न पनि माग गरेका छन्।

प्रधानमन्त्री शाह र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा प्रवेश गर्दा राप्रपाकी सांसद खुश्बु ओली बोलिरहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

लगातार १३ दिनपछि इरानमाथिको अमेरिकी आक्रमण रोकियो

१० साउन, काठमाडौं — इरानमाथि लगातार १३ दिनसम्म हवाई आक्रमण गरेको अमेरिकाले शुक्रबार भने कुनै पनि सैन्य हमला गरेको छैन। यसअघि अमेर...
सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुने तयारी

१० साउन, काठमाडौं — धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्। प्रधानमन्त्री ...
नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...