वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

Advertisement

१० मंसिर, काठमाडौं — काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माणको शिलान्यास गरेकी छन्। चार करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागतमा निर्माण हुने पुल आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या (बेड) समेत ओसारपसार गर्न मिल्ने लिफ्ट जडान गरिनेछ।

अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने बाध्यता छ। पुल र लिफ्ट सञ्चालनमा आएपछि यो समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्‍याङसमेत निर्माण गरिनेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

Protection et sécurité des données sur les plateformes de poker : de quelle façon vos données restent sécurisées

Dans l'univers du poker en ligne, la millioner casino online constitue une préoccupation majeure pour des nombreux joueurs à trave...

Hoe welgestelde miljoenairs hun rijkdom opbouwen en slim laten groeien

Vermogensbouw is een kunst die veel succesvolle millioner volledig hebben beheerst. Door slimme strategieën, gedisciplineerd spare...

KYC im Online Casino: Weshalb und wann Unterlagen angefordert werden

Wer in deutschen Online Casinos aktiv ist, wird früher oder später mit dem Thema casinos ohne verifizierung konfrontiert werden. D...
सिसडोलबाट दैनिक तीन हजार किलो फोहोर हटाउनेगरी काम हुँदैछ : मन्त्री श्रेष्ठ

सिसडोलबाट दैनिक तीन हजार किलो फोहोर हटाउनेगरी काम हुँदैछ : मन्त्री श्रेष्ठ

१० मंसिर, काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिसडोलको फोहोर दैनिक तीन हजार किलोका दरले हटाउने गरी काम...